२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

सङ्खुवासभाको मकालुमा ५० घर पहिराको उच्च जोखिममा

२९ असार २०७६, आईतवार ०८:३९

असार २९, सङ्खुवासभा | सङ्खुवासभाको मकालु गाउँपालिकामा ५० घर पहिरोको उच्च जोखिममा रहेका छन् । 

तीन दिनदेखि लगातार परेको अविरल वर्षाका कारण मकालु गाउँपालिका–३,४र ५ का ५० घरपरिवार पहिरोको उच्च जोखिममा परेको मकालु गाउँपालिकाकी कार्यवाहक अध्यक्ष चमेली राईले जानकारी दिनुभयो । 

मकालुका पावाखोला, पेपुवा, सडेक्मा, छिरिन्ते, हेदाङ्नागढी, खोकताक, नुम, आम्राङ, सोलाखानी, नयाँ बस्तीका दर्जनभन्दा बढी गाउँलाई पहिरोले चारैतिरबाट घेरेको छ, जति बेला पनि ती घरपरवार पहिरोमा पर्न सक्ने सम्भावना रहेको कार्यवाहक अध्यक्ष राईको भनाइ छ । 

पहिरोको उच्च जोखिममा परेका ५० भन्दा बढी घरका परिवारलाई तत्कालै सुरक्षित स्थानमा सार्नुपर्ने भए पनि नसकिएको उहाँले बताउनुभयो । उच्च जोखिममा भएका परिवारलाई सार्न सुरक्षित स्थान खोजी भइरहेको भए पनि ठूलो सङ्ख्या भएका कारण गाउँपालिका एक्लैले मात्रै तत्काल अन्यत्र सार्न नसकिने अवस्थामा रहेको कार्यवाहक अध्यक्ष राईले जानकारी दिनुभयो । 

गत असार २ र ३ गते पहिरोले मकालु गाउँपालिकाभित्रका अधिकांश गाउँलाई पहिरोले चिरा–चिरा बनाएको थियो । चारैतिरबाट पहिरोकोे जोखिममा रहेका मकालु–५ का चार गाउँका २९ घर विस्थापित भएका थिए भने दुई घर पहिरोले पुरेको थियो । गाउँलाई चारैतिरबाट पहिरोले घेरेका कारण कुनै पनि बेला पहिरो जानसक्ने उच्च सम्भावना रहेको मकालु–५ का वडाअध्यक्ष जापान गुरुङले बताउनुभयो । 

पहिरोको उच्च जोखिम भएका कारण उनीहरु छिमेकी र आफन्तको शरणमा बसिरहेको पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान