2026-09-13 05:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीका कैदीबन्दीलाई सीपमूलक तालीम

असार २९, डोटी | जिल्ला कारागारका कैदी तथा बन्दीलाई एक महीने विभिन्न सीपमूलक तालीम प्रदान गरिएको छ । घरेलु तथा साना उद्योग विकास समितिले कैदी तथा बन्दीको आयस्रोत बढाउन बाँसका मुडा बनाउने, जुत्ता सिलाउने, डोरी बनाउनेजस्ता तालीम दिइएको कारागार प्रशासन प्रमुख राजन केसीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कैदीबन्दीले सीप सिकुन र रोजगार बनुन् भन्ने उद्देश्यले घरेलु तथा साना उद्योग विकास समितिको सहयोगमा हामीले तालीम दिएका हौँँ,तालीम लिएपछि कैदीबन्दीले सिकेको सीप प्रयोगमा ल्याउने छन् ।”

 कारागारका १२ कैदीबन्दीलाई एक महीने जुत्ता सिलाउने तालीम पनि प्रदान गरिएको थियो । तालीम समापनका अवसरमा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले कैदीबन्दीको क्षमता  वृद्धि तथा आयस्तर वृद्धिका लागि तालीम फलदायी हुने बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विद्यानन्द माझीले कैदीबन्दीले सिकेको सीपलाई व्यावसायिक रूपमा प्रयोगमा ल्याउन सके उपलब्धिमूलक हुने बताउनुभयो । सीप सिक्ने कुरा कुनै जाति विशेष र धर्म विशेषको नभई सबैको लागि महत्त्वपूर्ण रहेको दिपायल सिलगढी नगरपालिकाकी प्रमुख मञ्जु मलासिले सुझाव दिँदै आगामी दिन सीपमूलक तालीम सञ्चालनमा सहयोग गरिने जानकारी दिनुभयो । 

सोही अवसरमा कारागारभित्र स्थापित पुस्तकालयका लागि जिल्ला प्रहरी कार्यालयका  प्रहरी निरीक्षक कर्णबहादुर बोहराले उपलब्ध गराउनुभएको १४४ पुस्तक हस्तान्तरण गरिएको सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरी सहायक निरीक्षक रामनाथले जानकारी दिनुभयो । पच्चीस जनाकोे क्षमता भएको उक्त कारागारमा हाल महिला तथा पुरुष गरी ४८  कैदीबन्दी छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले