२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा पढाई छाड्दै सुस्त श्रवण विद्यार्थी

२०७६, २९ असार आईतवार ११:५१

विमलबहादुर  विष्ट | असार २९, डोटी  | जोरायल गाउँपालिका–२ को रामपुर माध्यमिक विद्यालय बुडरमा अध्ययनरत सुस्त श्रवण कक्षाका विद्यार्थी पढाइ छोड्दै छन् । विगत लामो समयदेखि थप कक्षा सञ्चालन नहुँदा उनीहरु बीचमै पढाइ छोड्न बाध्य भएका हुन् । 

सो विद्यालयको कक्षा १ देखि ८ सम्म सुस्त श्रवण भएका विद्यार्थीहरुका लागि साँकेतिक भाषामा पठनपाठन हुँदै आएको छ । उपल्ला कक्षामा पढ्नका लागि सुदूरपश्चिम प्रदेश बाहिर जानुपर्ने बाध्यता आइपरेपछि उनीहरु पढाइ छोड्दै छन् ।

जोरायल गाउँपालिका–२ बुडरका शिक्षक चन्द्रबहादुर भण्डारीले भन्नुभयो, “बुडरमा जम्मा ८ कक्षासम्म मात्रै पढाइ हुन्छ, थप पढ्नका लागि सुस्त श्रवण भएका विद्यार्थीलाई जिल्ला बाहिर जानुपर्ने भएकाले उनीहरु पढाइ छोड्न बाध्य भएका हुन् ।”

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा सुस्त श्रवण भएका विद्यार्थीका लागि कक्षा ५ सम्म साँकेतिक भाषाको पठनपाठन हुदै आए पनि कक्षा ६ देखि ८ सम्म रामपुर माध्यमिक विद्यालय बुडरमा सुस्त श्रवण कक्षा सञ्चालित रहेको छ । रामपुर माध्यमिक विद्यालय बुडरमा २०५२ सालदेखि २०५९ सालसम्म प्राथमिक तह र २०६० सालदेखि कक्षा ६ देखि कक्षा ८ सम्म पठनपाठन सञ्चालन हुँदै आएको छ । 

नेपाल सरकारको पूर्ण सहयोगमा सञ्चालित उक्त सुस्त श्रवण कक्षामा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाबाट ३५ छात्र र ३२ छात्रा गरी कूल ६७ विद्यार्थीहरु सो विद्यालयमा अध्ययन गरिरहेको रामपुर माविअन्तर्गत सुस्त श्रवण विद्यालयले जनाएको छ । रामपुर मावि बुडरमा कक्षा ८ सम्ममात्र अध्ययन अध्यापन हुने भएकाले कक्षा ९ देखि काठमाडौँ पोखरा, भइरहवा, गोरखा, बागलुङ, विराटनगरलगायतका स्थानमा जानुपर्ने बाध्यता रहेको छ ।

उक्त विद्यालय प्रदेशस्तरीय भए पनि स्थानीयस्तरमा सुस्त श्रवणका लागि थप कक्षा सञ्चालन नहुँदा विद्यार्थीको शैक्षिक प्रगतिमा बाधा पुगेको छ । 

रामपुर मावि बुडरमा सुस्त श्रवणका लागि थप कक्षा सञ्चालन गरिनुपर्ने माग हुन थालेको विद्यालयका प्रधानाध्यापक टेकबहादुर बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “थप कक्षा सञ्चालनका लागि सुस्त श्रवण भएका विद्यार्थीका अभिभावकबाट माग भएको छ, तर विद्यालयसँग आयस्रोत छैन, अरु कसैले सहयोग गरेका छैनन, कसरी थप कक्षा सञ्चालन गर्नु भन्ने चिन्ता छ ।” 

थप कक्षा सञ्चालनका लागि विद्यालयसँग माग गर्ने गरेकाले आफूले गाउँपालिकालगायत अन्य विभिन्न निकायसँग अनुरोध र पहल गरिरहेको प्रधानाध्यापक बोगटीले बताउनुभयो । नेपाल सरकारको सहयोगमा सुस्त श्रवण विद्यार्थीका लागि पुस्तक, स्टेशनरी, औषधि, खाना, नास्ता तथा पूर्ण आवासको व्यवस्था गरिएको छ । उनीहरुका लागि ३ शिक्षक र २ शिक्षिका गरी कूल ५ जना साङ्केतिक भाषाका तालीम प्राप्त स्रोत शिक्षक कार्यरत छन् । 

जोरायल गाउँपालिकाले रामपुर माविमा रहेको सुस्त श्रवण विद्यालयमा थप कक्षा सञ्चालनका लागि पहल गर्ने भएको छ ।  गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले भन्नुभयो, “सुस्त श्रवणका लागि खोलिएको उक्त विद्यालयमा थप कक्षा सञ्चालनका  गर्न पहल गर्दैछौँ, चाँडै समस्या समाधान हुनेछ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो