2026-07-09 12:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा चार सय गैरसरकारी संस्था खारेज

2019-07-15

 असार ३०, डोटी | संस्था दर्ता ऐन, २०३४ अन्तर्गत डोटी जिल्लामा दर्ता भएका ३६३ गैरसरकारी संस्था खारेज भएका छन् । जिल्ला प्रशासन कार्यालयमा दर्ता भई लगातार तीन वर्षसम्म नवीकरण नभएका संस्था खारेज गरिएको प्रजिअ टेकनारायण पौडेलले जानकारी दिनुभयो । 

“संस्था दर्ता ऐनअन्तर्गत दर्ता भई कामकाज गरेका तर लगातार तीन वर्ष नवीकरण नगरेका संस्थाहरु तोकिएको समयमा नवीकरण गर्न नआएपछि खारेज गरिएको हो”, प्रजिअ पौडेलले भन्नुभयो, “नवीकरणका लागि जारी गरिएको ३५ दिने सूचनाको म्याद समाप्तिपछि ती संस्थाको दर्ता खारेजीमा परेको हो ।” दर्ता खारेज हुने संस्थाहरुमा साबिकको जिविसअन्तर्गत सञ्चालित उपभोक्ता समिति, मठमन्दिर निर्माण समिति, जल उपभोक्ता समितिसमेत रहेको उक्त कार्यालयले जनाएको छ । 

दर्ता भएका ६१० गैरसरकारी संस्थामध्ये २०५५ देखि २०७२ सालसम्म नवीकरण नगरेका संस्थाहरु खारेजमा परेका प्रशासकीय अधिकृत सन्तोष शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार २०४४ सालदेखि संस्था दर्ता गर्ने कार्य शुरु गरिएकामा अहिलेसम्म ६१० गैरसरकारी संस्था दर्ता भएका थिए तर  पटक पटक गरी ४२३ संस्थाको दर्ता खारेज भइसकेको छ । अब जिल्लामा १८७ दर्तावाला  गैरसरकारी संस्था छन् । तोकिएका  नियम पालना नगर्दा ती संस्थाको  दर्ता खारेज गरिएको गैरसरकारी संस्था महासङ्घका जिल्ला अध्यक्ष रघुबहादुर कठायतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू