२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा ९६ रोपनी क्षेत्रफलमा चिडियाखाना बन्ने

२०७६, ३१ असार मंगलवार ०१:२९

असार ३१, जिरी (रासस) | पर्यटकीय जिल्ला दोलखाको भीमेश्वर नगरपालिका–६ स्थित खोरथली सामुदायिक वन क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि चिडियाखाना निर्माण गरिने भएको छ । दोलखालाई पर्यटन गन्तव्यका रूपमा विकास गर्न चिडियाखाना निर्माण गर्न नगरले योजना बनाएको हो । पारिस्थितिक पद्धतिलाई संरक्षण, जीवजन्तुको प्रजनन तथा वंशाणु स्रोत संरक्षण र वातावरणीय सन्तुलन हुने गरी निर्माण हुने चिडियाखाना ९६ रोपनी क्षेत्रफलमा बन्नेछ ।

चिडियाखानाले नगरपालिकाको मात्रै नभई समग्र दोलखाकै पर्यटन व्यवसायमा समृद्धि छाउने अपेक्षा नगरपालिकाको छ । चिडियाखानाको निम्ति गुरुयोजना तयार भइसकेको छ । गुरुयोजनाको तयारी साथै चिडियाखानाका लागि ढोका, पर्खाल र स्टिल दृश्यावलोकन स्तम्भ लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकिएको नगरप्रमुख भरत केसीले बताउनुभयो । चिडियाखाना क्षेत्रमा बाल उद्यानको पनि निर्माण गरिने छ ।

चिडियाखाना दृश्यावलोकन पैदल हिँडेर र गाडीमा चढेर पनि गर्न सकिने छ । साथै दृश्यावलोकन स्तम्भबाट पनि चिडियाखाना हेर्न सकिनेछ । चिडियाखानामा दुई हजारदेखि दुई हजार ५०० मिटरसम्मको उचाइमा सजिलै बाँच्न सक्ने जीवजन्तु राखिनेछ । जीवजन्तुलाई खोरमा राख्नेभन्दा पनि खुला क्षेत्रमा आवश्यक क्रियाकलापका लागि वातावरण व्यवस्था हुने गरी चिडियाखाना निर्माण गरिने नगरप्रमुख केसीले जनाकारी दिनुभयो । चिडियाखाना निर्माण शुरुआत गर्न आउँदो आर्थिक वर्षका लागि नगरपालिकाले रु ३० लाख बजेट विनियोजन गरेको छ ।

त्यसैगरी प्रदेश सरकार तथा केन्द्रीय सरकारसँग समन्वय गरेर बजेट थप गर्ने योजनका साथ अघि बढेको केसीले बताउनुभयो । उहाँका अनुसार चिडियाखानाका लागि रु १५ करोड ६० लागत लाग्ने अनुमान गरिएको छ । चिडियाखाना निर्माणका लागि दोलखावासीलगायतले सहयोग गर्नुपर्ने केसीले बताउनुभयो । अहिले खोरथली सामुदायिक वनमा बँदेल, कालिज, मृग, चितुवा, स्याल, दुम्सीलगायतका जङ्गली पशुपक्षी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल