Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा दलित समुदायका लागि १९२ आवास घर बन्दै

२०७६, ३१ असार मंगलवार ०७:२६

असार ३१, लमही । दाङमा जनता आवासका १९२ घर निर्माण हुने भएका छन्  । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका अधिकृत शेरबहादुर केसीका अनुसार जनता आवास कार्यक्रमअन्र्तगत जिल्लाका दश  स्थानीय तहमा ती घर बन्ने भएका हुन् ।

तुलसीपुर उपमहानगरपालिकामा ५० र घोराही उपमहानगरपालिकामा ३२, बबई र राजपुर गाउँपालिकामा १७/१७, गढवा, राप्ती, बङगलाचुली, दङ्गीशरणमा १५/१५, शान्तिनगर गाउँपालिकामा १० र लमही नगरपालिकामा छ आवास घर निर्माण गरिने उहाँको भनाइ छ ।सरकारले उक्त कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष दलित आयोगमा सूचिकृत दलित समुदायका अतिविपन्न तथा लोपोन्मुख जातिका लागि घर निर्माण गर्दै आएको छ ।

घर निर्माणका लागी प्रत्येक परिवारले चार किस्तामा रू तीन लाख ३२ हजार ५०० अनुदान पाउने छन् । पहिलो किस्ताको रकम पाउनका लागि घरको जग हाली झ्याल ढोका राख्नुपर्ने हुन्छ । त्यस्तै दोस्रो किस्ता पाउनका लागि घरको चुली हाल्नुपर्ने, तेस्रो किस्ताका लागि टिनको छाना छाउनुपर्ने र चौथो किस्ताका लागि शौचालय निर्माण गरेको हुनुपर्ने अधिकृत केसीले बताउनुभयो । त्यस्तै प्रदेश नं ५ को रोल्पामा २१, रुकुम पूर्वमा पाँच र प्यूठानमा ३५ त्यस्ता घर निर्माण हुने भएका छन् । 

रोल्पाकोे गङ्गादेव गाउँपालिकामा छ, माडी गाउँपालिकामा पाँच, सुनिलस्मृति गाउँपालिकामा पाँच र सुनछहारी गाउँपालिकामा पाँच गरी २१  घर निर्माण हुनेछन् । त्यस्तै रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकामा पाँच र प्यूठानको सरुमारानी गाउँपालिकामा १७, नौबहिनी गाउँपालिकामा १४ र प्यूठान नगरपालिकामा १४ घर निर्माण हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश