२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँमा ४ लाख ८ हजार बिरुवा वितरण

२०७६, ३१ असार मंगलवार ०८:१२

असार ३१,  तनहुँ  | डिभिजन वन कार्यालयले आर्थिक वर्ष ०७५-७६ मा करीब चार लाख बिरुवा वितरण गरेको छ । जिल्लालाई हरियाली बनाउन र स्वच्छ वातावरण कायम राख्ने उद्देश्यले चार लाख आठ हजार ७५ बिरुवा वितरण गरिएको कार्यालयले जनाएको छ 

सङ्घीय सरकार, प्रदेश सरकार र तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा कार्यालयको नर्सरी र सवडिभिजन कार्यालयको नर्सरीमा उत्पादित विभिन्न जातका बिरुवा वितरण गरिएको डिभिजन वन प्रमुख केदार बरालले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घीय सरकारको सहयोगमा एक लाख २० हजार, प्रदेश सरकारको सहयोगमा एक लाख ३४ हजार ५०० र तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा चार लाख बिरुवा उत्पादन गरिएको थियो ।

डिभिजन वन नर्सरीमा दुई लाख ६३ हजार, सवडिभिजनअन्तर्गत म्याग्देमा ७२ हजार, भिमादमा एक लाख, शुक्लागण्डकीमा ५० हजार, विमलनगरमा ५० हजार, देवघाटमा ५० हजार र भानुमा ५० हजार बिरुवा उत्पादन गरिएको थियो । त्यस्तै निजी नर्सरीमा १७ हजार र सामुदायिक वनमा दुई हजार ५०० सय बिरुवा उत्पादन भएको थियो ।

तनहुँ जलविद्युत् आयोजना निर्माणका क्रममा रुख काट्नुपर्ने भएकाले वातावरण सन्तुलन राख्न बिरुवा उत्पादनका लागि आयोजनाले डिभिजन वनलाई आर्थिक सहयोग गरेको थियो । प्रमुख बरालका अनुसार आयोजना प्रभावित क्षेत्रमा एक रुख काटेबापत २५ रुख रोप्नुपर्ने बाध्यात्मक नियमका कारण बिरुवा उत्पादनका लागि आयोजनाले सहयोग गरेको थियो । 

जनावर पीडितलाई राहत

डिभिजन वन कार्यालयले चितुवाको आक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवार तथा पशु धनीलाई राहत वितरण गरेको छ । चितुवाको आक्रमणबाट मृत्यु भएका चार बालबालिकाको परिवारलाई जनही रु दश लाखका दरले रु ४० लाख प्रदान गरिएको छ । भालुको आक्रमणबाट घाइते तीन जनालाई उपचार खर्चबापत रु दुई लाख ६९ हजार ७०४ प्रदान गरिएको छ । 

यसैगरी चितुवाको आक्रमणबाट मृत्यु भएका तीन गाईका धनीलाई रु ३० हजार, १२ वटा बाख्राका धनीलाई रु एक लाख, एउटा भेडाका धनीलाई रु १० हजार र एउटा सुँगुरका धनीलाई रु १० हजार राहतस्वरुप प्रदान गरिएको कार्यालयले जनाएको छ । 

वन पैदावर बिक्रीबाट १२ करोड 

जिल्लाका विभिन्न सामुदायिक वन समूहले वन पैदावर बिक्रीबाट रु १२ करोड आम्दानी गरेका छन् । आर्थिक वर्ष ०७५÷०७६ मा जिल्लाका सामुदायिक वनले वन पैदावर बिक्रीबाट रु १२ करोड एक लाख २७ हजार ८६७ आम्दानी गरेका हुन् ।

उक्त कार्यालयका प्रमुख बरालका अनुसार एक लाख २४ हजार २१८ क्युफिट काठ बिक्री गरेर सम्बद्ध सामुदायिक वनले उक्त आम्दानी गरेका हुन् । जिल्लामा रहेका ६१७ सामुदायिक वनले ५५ हजार ७४ हेक्टर वन ओगटेको छ । उहाँले वन पैदावर बिक्रीबाट प्राप्त आम्दानी उपभोक्ताले वन विकास र समूहको भौतिक, आर्थिक, सामाजिक विकासका क्षेत्रमा खर्च गरेको जानकारी दिनुभयो ।

सामुदायिक वनबाट बिक्री भएका काठ र दाउराबाट वन पैदावर शुल्कबापत रु दुई करोड नौ लाख ५२ हजार ३५७ राजश्व सङ्कलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो