2026-07-09 10:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरा अस्पतालको सेवा पुनः सञ्चालन

2019-07-16

असार ३१, डडेल्धुरा | केही दिनदेखि आकस्मिकबाहेकका सबै सेवा ठप्प रहेको डडेल्धुरा अस्पताल आजदेखि पुनः सञ्चालनमा आएको छ । काममा खटिएका चिकित्सकमाथि आक्रमण भएको विषयलाई लिएर अस्पतालका चिकित्सकले यही असार २५ गते बुधबारदेखि डडेल्धुरा अस्पतालको आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका थिए ।

 बहिरङ्गलगायत सबै सेवा बन्द गरी सुरक्षाको माग गर्दै ११ जना चिकित्सकले मुख्यमन्त्री त्रिलोचन भट्ट र सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई भेट गर्नुभएको थियो । मुख्यमन्त्री भट्ट र सामाजिक विकासमन्त्री सुवेदीबाट चिकित्सकको सुरक्षा र दोषीलाई कारवाही गरिने आश्वासन पाएपछि आन्दोलनमा रहेका चिकित्सक आजदेखि नियमित काममा फर्किएको डा जीवन खरेलले बताउनुभयो ।

 दोषीलाई कारवाही हुने र चिकित्सकमाथि आक्रमण गर्नेमध्ये एकजनालाई प्रहरीले नियन्त्रणमा लिएपछि चिकित्सक पुनः नियमित सेवामा फर्किएका अस्पतालका निमित्त प्रमुख डा जीतेन्द्र कँडेलले बताउनुभयो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो