Skip to content
Friday, July 17, 2026 Nepali Online Media

निर्मला प्रकरण: पत्रकार भण्डारीलाई अचम्मको सजाय, १ रुपयाँ जरिवाना र १ घण्टा कैद !

By साझासवाल 8 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

साउन १, काठमाडौँ | निर्मला हत्या प्रकरणमा अदालतको मानहानी गरेको विषयमा परेको मुद्दामा सुनुवाई गर्दै जिल्ला अदालत कञ्चनपुरले मानसखण्डा दैनिकका सम्पादक तथा प्रकाशक खेम भण्डारीलाई आत्मालोचना वा एक घण्टा कैद सजायको फैशला गरेको छ । जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलाशले यस्तो फैसला गरेको हो ।

पत्रकार भण्डारीले अदालतको अवहेलना गरेको ठहर गर्दै ३ दिनभित्र आत्मालोचना गर्ने वा १ घण्टा कैद र १ रुपैयाँ जरिवाना हुन सक्ने फैसला गरेको छ । तीन महिनाअघि जिल्ला बार एसोसिएसनले दायर गरेको मुद्दामा सोमबार जिल्ला अदालतले उक्त फैसला सुनाएको हो ।

बलात्कारपछि हत्या भएकी कंचनपुरकि १३ वर्षीया वालिका निर्मला पन्तको घटनामा यातना र प्रमाण नष्टको अरोपमा मुद्दा लागेका तत्कालीन प्रहरी अधिकारीको विषयमा अदालतले मागेको एमिकस क्युरीको विषयमा जिल्ला बारले विष्टको नातेदार पठाउन खोजेको भन्दै पत्रकार भण्डारीले आफू सम्पादक रहेको पत्रिका मानसखण्डमा समाचार प्रकाशित गर्नुका साथै आफ्नो फेसबुक वालमा उक्त कुरा पोष्ट गरेका थिए । बारले एमिकसमा पठाएका व्यक्तिले पनि प्रहरी अधिकारीलाई जोगाउने खालको धारणा राखेको मानसखण्ड दैनिकमा समाचार छापिएको थियो ।

अदालतको फैशला पछि पत्रकार भण्डारीले आत्मालोचना गर्नुपर्ने भएको छ । साथै उनले फेसबुकमा लेखेका स्टाटस पनि हटाउनु पर्ने भएको छ । यदी पत्रकार भण्डारीले त्यसो नगरेको खण्डमा एक घण्टा कैद बस्नुपर्ने र एक रुपैयाँ जरिवाना तिर्नु पर्नेछ । उनीमाथि अदालतले गरेको यो फैसला संसारकै लागि नौलो भएको अधिवक्ताहरुको भनाई छ ।

अदालतको सोमबारको फैशला विरुद्ध पत्रकार भण्डारी भने पुनरावेदन जाने बताएका छन् । उनले आफूले हालेको समाचारप्रति आत्मालोचना नछाप्ने र आफ्नो फेसबुकमा लेखेका स्टाटस पनि नहटाउने बताएका छन् । उनले आफूबाट गल्ति नभएको भन्दै जिल्ला अदालतको फैसलामा पुनरावेदन जाने निर्णय लिएको जनाएका छन् । एक वर्षको जेल सजाय गरे पनि एक घण्टा सजाय गरेपनि कसुर ठहर गरेको मानिन्छ । त्यसैलाई विचार गर्दै पत्रकार भण्डारीले अदालतको फैशला विरुद्ध पुनरावेदन जाने निर्णय लिएको बुझिएको छ ।

यसै बिषयमा स्टाटस लेख्दै पत्रकार भण्डारीले आफ्नो फेसबुकमा पोष्ट गरेको स्ताटस जस्ताको तस्तै:

कन्चनपुर बारले अदालतको अपहेलना भन्दै मेरा बिरुद्ध हालेको मुद्दामा फैसला आएको सुने । फैसलामा मलाइ 3 दिनको म्याद दिई आत्मालोचना नगरे 1 घण्टा कैद र 1 रुपैयाँ जरिवाना गर्ने भनिएको सामाजिक सन्जालबाट थाहा पाए । यस बारेमा मेरो भन्नू यस्तो छ ,

1- अदालतको निर्णयको सम्मान गर्छु ।

2- जिल्ला अदालतको निर्णय अन्यायी भयो भन्ने मलाइ लागेको छ । मैले मेरो पुनरावेदन गर्न पाउने अधिकार प्रयोग गर्नै पर्ने बाध्यत्मक अवस्था आयो ।

3- बरू फाँसी भोग्छु, यस प्रकरणमा माफी माग्ने कुनै सम्भावना छैन ।

4- जिन्दगी मेटाउन सक्छु तर मैले एक पटक अपलोड गरेको स्टाटस न कहिल्यै मेटे, न मेट्ने छु ।

र, मेरो यो धारणामा अहिले पनि कायम छु,

1- कन्चन्पुर बार निर्मला हत्याकाण्ड मा मेरो भूमिका बिरुद्द छ ।

2- एमिकस क्युरिमा घुसपैठ गराएर अदालतलाइ गुमराह गर्नकै लागि जिल्ला बारले अभियुक्त डिल्लिराज बिस्टका सहोदर हरेन्द्रराज बिस्टलाई मनोनयन गरिएको हो ।

3- उच्च अदालतबाट एमिकस क्युरीमा पठाइएका थानेस्वर प्रसाद भट्टले एमिकस क्युरीको मर्यादाबिपरित बिगतका आफ्नै धारणा बिरुद्ध पुलिसको पक्ष लिएर एमिकस्क्युरी कै बदनामी गरेका हुन । र उनले समाजको अपेक्षा बिपरीतको काम गरेका हुन ।

4- निर्मला हत्याकाण्डलाई सिथिल पार्न सुरूमा "घामजत्तिको उज्यालो" भन्नेहरू पछि पैसामा बिकेकै हुन।

र, मेरो प्रण

अदालतको सधै सम्मान गर्ने छु । तर, कालोकोट धारण गरेर अपराधको संरक्षण गर्न पल्केका हरू बिरुद्ध सधै सङ्घ,गरिरहने छु ।

Photo Credit: Facebook Profile (Khem Bhandari)