२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियामा बन्दुकसहित अवैध चोरी शिकार गर्ने तीन पक्राउ

१ श्रावण २०७६, बुधबार ०५:१५

साउन १, बर्दिया | अवैध चोरी शिकारको आरोपमा तीन पक्राउ परेका छन् । जङ्गली जनावर चित्तलको शिकार गरी लुकाइछिपाई राखेको अवस्थामा एकनाले बन्दुकसहित श्यामलाल थारूलाई पक्राउ गरिएको छ ।

बर्दियाको बारबर्दिया नगरपालिका–१० लम्कीफाँटा बस्ने थारूले जङ्गली जनावर चित्तलको शिकार गरी लुकाइछिपाई राखेको भन्ने सूचना प्राप्त भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय ठाकुरद्वारा बर्दियाबाट खटिई गएको संयुक्त टोलीले घर खानतलासी गर्दा निजको घरबाट उक्त वस्तु फेला परेको हो ।

थारुको किराना पसलबाट चित्तलजस्तो देखिने जङ्गली जनावरको ४.३ लम्बाइ, २.१० चौडाइ, बीचमा आधा इन्च गोलाइ भएको दुई प्वाल रहेको छाला एक थान, दुई स्टिलको बाटासहितको मासु १२ केजी, एक फिट लम्बाइ भएको फलामको खुँडा एक थान फेला परेको प्रहरीले जनाएको छ ।

 त्यसैगरी बारबर्दिया नपा–७ हरनहवा बस्ने ५४ वर्षीय सीताराम थारूको घरबाट भरुवा एकनाले बन्दुक एक थान, स्टिलको बाटासहित जनावरको मासु छ केजीसहित बरामदभएको छ । सोही ठाँउ बस्ने ५० वर्षीय रामफल थारूलाई दुई केजी जनावरको मासुसहित पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी एनपिएलः काठमाडौंद्वारा पोखरालाई १६६ रनको लक्ष्य एनपिएल : अर्धशतकको सङ्ख्या २८ पुग्यो