२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटी इलाका वनद्वारा निःशुल्क बिरुवा वितरण

२०७६, १ श्रावण बुधबार ०७:२२

साउन १, डोटी | इलाका वन कार्यालय जोरायल गाउँपालिका–२ बुडरले जिल्लाभरिका किसानलाई निःशुल्क बिरुवा वितरण शुरु गरेको छ । इलाका वन कार्यालय बुडर डोटीले आफ्नै नर्सरीमा बिरुवा उत्पादन गरी सोही ठाउँबाट बिरुवा वितरण कार्य शुरु गरेको सेक्टर वन कार्यालय बिपी नगरका प्रमुख तथा सहायक वन अधिकृत सुरेशचन्द्र डिसीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले आफ्नै नर्सरीमा बिरुवा उत्पादन गरी यहाँका किसान तथा विभिन्न सामुदयिक वनहरुलाई वितरण गरिरहेकाछौँ, हाम्रो नर्सरीमा विभिन्न जातका पर्याप्त बिरुवा छन् ।” गएको असार २८ गतेदेखि शुरु गरिएको बिरुवा वितरणमा हालसम्म करीब ३० हजार बिरुवा वितरण गरिएको सहायक वन अधिकृत डिसीले जानकारी दिनुभयो । उहाँका अनुसार इलाका वन कार्यालय बुडरको नर्सरीमा विभिन्न १२ प्रजातिका करीब ५० हजार बिरुवा उत्पादन गरिएको छ । कार्यालयले सिसौ, तेजपत्ता, बकाइनो, अमला, बर्रो, लहरेपीपल, सिमल, जामुनो, टिमुर, बाँस, डालेघाँस, दालचिनीलगायतका प्रजातिका बिरुवा निःशुल्क रुपमा किसानलाई वितरण गरिरहेको छ । 

त्यस्तै जिल्लाको केआई सिंह गाउँपालिकाको कृषि शाखाले किसानलाई ५० प्रतिशत अनुदानमा अलैँचीको बिरुवा वितरण गरेको छ । पूर्वी इलामबाट खरीद गरी ल्याइएको उक्त अलैँचीको बिरुवा आफ्नो गाउँपालिकाका किसानलाई वितरण गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो गाउँपालिकाका विभिन्न ठाउँमा अलैँची उत्पादनको निकै सम्भाव्यता भएकाले हामीले इलामाबाट अलैँची खरीद गरी किसानलाई अनुदानमा वितरण गरेका हौँ ।” 

प्रधानमन्त्री रोजगारले सफा बन्यो दीपायल

लामो समयदेखि निकै फोहर तथा दुर्गन्धित बन्दै आएको डोटीको दीपायलस्थित पीपल्लामा रहेको एक मात्र सार्वजनिक बसपार्कलगायत अन्य सार्वजनिक ठाउँहरु मठमन्दिर, चौतारो, बाटोघाटो तथा सार्वजनिक धारा पँधेराहरु हिजोआज निकै सफा र सुग्घर बनेका छन् । जताततै फोहर, हिलो र धुलो मात्रै हुने उक्त बसपार्कमा मानिसलाई आवतजावत गर्न त परै जाओस् गाडी पार्किङ गर्नलाई पनि समस्या हुने गरेको थियो । 

जिल्लामा सञ्चालन भएको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगार पाएकाहरुले फोहर भएको बसपार्कलगायत अन्य ठाउँहरु धमाधम सफा गर्न थालेपछि अहिले बसपार्कसहित यहाँका अन्य सार्वजनिक ठाउँहरुको मुहारै फेरिन थालेको दीपायल कुमालीकोटका स्थानीयवासी भरतबहादुर कठायतले बताउनुभयो । 

जिल्लाको दिपायल सिलगढी नगरपालिकाले छुट्याइएको रु दुई लाखबाट बसपार्कमा भएको हिलो, फोहर हटाउँदै नालीसमेत सफा गरेपछि उक्त बसपार्क सुन्दर र सफा देखिएको हो । बसपार्क सफा गर्नुभन्दा पहिले दुर्गन्धले सो आसपासका स्थानीयवासीलाई घरमा बस्नसमेत समस्या हुँदै आएको स्थानीयवासी धनबहादुर शाहीले बताउनुभयो । 

यति मात्र नभई वर्षा लागेपछि यहाँका स्थानीयवासीका घरआँगनदेखि बाटो चौतारो सबैतिर हिलो नै हिलो हुन्थ्यो । हिलोकै कारण बाहिर हिँड्न गाह्रो थियो । तर अहिले बाटोको अवस्था फेरिएको छ । स्थानीयवासीका घर, आँगन, मठमन्दिर र गोरेटो बाटो राम्रो तथा सफा भएका छन् । “पहिले त अफिस जाँदा हातमा छाता, लौरो र झोलामा कपडा लिएर जानु पथ्र्याे”, स्थानीयवासी तथा समाजसेवी घनश्याम पाठकले भन्नुभयो । 

जिल्लामा कूल ३०० जना महिला तथा पूरुष प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी भएको दिपायल सिलगढी नगरपालिकाका सामाजिक विकास अधिकृत रमेश जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो