२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कालीगण्डकीमा स्टिमर सेवा स्थगित

१ श्रावण २०७६, बुधबार १०:४१

साउन  १,  पर्वत | कालीगण्डकी ‘ए’जलविद्युत् आयोजना निर्माणको क्रममा बनेको जलाशयमा सञ्चालित जल यातायात (स्टिमर सेवा) वर्षायामसँगै अवरुद्ध भएको छ । नदीमा पानीको बहाव बढेपछि दुर्घटना बढ्ने खतराले असारको पहिलो सातादेखि नै स्थगित भएको हो ।

यातायात सेवा स्थगित भएपछि पर्वत, स्याङ्जा र गुल्मी जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दा यातायातको सुविधाबाट वञ्चित बनेका छन् । व्यावसायिक रुपमा १९ वर्षदेखि स्टिमर सञ्चालन भएपछि स्याङ्जा, पर्वत र गुल्मीका विभिन्न गाविसका बासिन्दाले नौ महीनासम्म यातायातको प्रत्यक्ष सुविधा उपभोग गर्दै आए पनि वर्षात्को समयमा भने तीन महीना अवरुद्ध हुने गरेको छ । दक्षिण पर्वतको विहादी गाउँपालिका–६ साविकको शालीग्राम गाविसदेखि स्याङ्जाको मिर्मीसम्म करीब आठ किलोमिटरको दूरीमा जलयात्रा सञ्चालन हुँदै आएको छ । 

यातायात अवरुद्ध हुँदा दैनिक आधा घण्टामा सकिने यात्रा चार घण्टा पैदलयात्रा गर्नुपर्ने बाध्यता भएको छ । हिँउदको समयमा सस्तो शुल्कमा मालसामान ढुवानी गर्न पाएका स्थानीयवासी यातायात अवरुद्ध हुँदा खच्चरमार्फत महँगो शुल्कमा ढुवानी गर्न बाध्य बनेको स्थानीय व्यवसायी विष्णु न्यौपानेले बताउनुभयो । 

विसं २०५७ देखि सञ्चालनमा आएको सो सेवाबाट यात्रा तथा सामान ढुवानी गर्न निकै सहज भएको स्थानीयले बताए । स्टिमरबाट दैनिक एक हजारभन्दा बढी मानिस ओहोरदोहोर गर्ने गरेको विहादी गाउँपालिका–६ शालीग्रामका वडाध्यक्ष टेकबहादुर थापाले बताउनुभयो । कालीगण्डकी जल यातायात समितिमार्फत दैनिक १० वटा स्टीमर सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान