2026-09-01 09:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

नेपाली काङ्ग्रेसको गाबिस स्तरीय भेला तथा अन्तरक्रिया

अनिश गैरे, कात्तिक १८, गुल्मी । नेपाली काङ्ग्रेस घमिर गाँउ बिकास समितिको आयोजनामा नेपाली काङ्ग्रेसको गाबिस स्तरीय भेला तथा एक बिशेष अन्र्तक्रिर्यात्मक कार्यक्रम सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस गाँउ कार्य समितिका सभापति कबिराम पन्थीको सभापतित्व रहेको कार्यक्रममा नेपाली काङ्ग्रेस गुल्मीका सचिब छन्द बहादुर पहराईको बिशेष आतिथ्यता रहेको थियो भने महासमिति सदस्य बिष्णु पन्थीको बिशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाल तरुण दल जिल्ला सदस्य देबेन्द्र खत्री, नेपाल तरुण दल गाँउ कार्य समिति सभापति तेज प्रसाद घिमिरे, कर्मचारी संघका सदस्य चिरञ्जिवी घिमिरे, महिला प्रतिनिधि सिता बिक, लुम्बिनी बाणिज्य क्यापस बुटवलका नेबिसंघका सचिब टोपेन्द्र घिमिरे, लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

दलित संघ गुल्मीका उपाध्यक्ष टेक बहादुर बिकको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सबिच मान बहादुर खड्काले गर्नुभएको थियो । कार्यक्रममा प्रशिक्षण दिदै गर्दा प्रमुख अतिथि पहराई तथा बिशेष अतिथि पन्थीले काङ्ग्रेसको मुख्य उद्धेश्य संसदीय प्रणालीको सबिंधन स्थापति गर्नै रहेको र यस्तो लक्ष्य पुरा भएको बताउदै आसन्न महाधिबेशनको बिषयमा जानकारी गराउनुभएको थियो ।

उता छापाहिले गाबिसमा पनि नेपाली काङ्ग्रेसको आयोजनामा पनि एक बिशेष अन्तरक्रिर्यात्मक तथा कार्यकता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । गाबिस सभापति तुल्सी गीरीको सभापतित्व रहेको कार्यक्रममा नेपाली काङ्ग्रेस क्षेत्रीय सचिब रेखा कुमारी जिसीले स्वागत भाषण गर्नुभएको थियो भने सञ्चालन तरुण गाँउ कार्य समितिका अध्यक्ष असोक जिसीले गर्नुभएको थियो ।

यसैगरी नेपाली काङ्गग्रेस अर्जे गाँउ समितिको आयोजनामा पनि बिशेष अगुवा कार्यकता भेला कार्यक्रम सम्पन्न भएको छ । महाधिबेशन प्रतिनिधि सिता अर्यालको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस गुल्मीका सचिब छन्द पहराई तथा बिशेष अतिथि महासमिति सदस्य बिष्णु पन्थीले बिशेष प्रशिक्षण दिनुभएको थियो । कार्यक्रम पार्टीका गाँउ समिति सचिब होमाकान्त अर्यालको स्वागत रहेको कार्यक्रमममा नेपाली काङ्ग्रेस पुर्ब गाबिस सभापति तुल्सीराम अर्याल, समाजसेबी ढुण्डीराज अर्याल, तरुण दल अर्जेका अध्यक्ष बिष्णु अर्यालले आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेसका आस्थावान कार्यकर्ता, शुभचिन्तक लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला