२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा २४ सडक बाढीले क्षेती

२ श्रावण २०७६, बिहीबार ०५:१६

साउन २, महोतरी  | एक साताको अविरल वर्षासँगैको बाढीले महोत्तरी जिल्लाका सडक सञ्जाल अस्तव्यस्त भएका छन् । गत असार २५ गते मध्यरातदेखि परेको पानीसँगैको बाढीले जिल्लाका २४ सडक सञ्जाल अवरुद्ध भएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।

 जिल्लाका मुख्य ४२ सडकमध्ये २४ मा व्यापक क्षति भएको हुँदा यातायात सञ्चालनमा कठिनाइ परेको छ । तराई–मधेशको ‘लाइफलाइन’ भनिएको हुलाकी सडक, बर्दिवास–जलेश्वर सडक, जलेश्वर–जनकपुर सडक, जलेश्वर–सम्सी सडक, जलेश्वर–भ्रमरपुरा हुँदै जनकपुर जोड्ने सडक, जलेश्वर–मटिहानी सडक, जलेश्वर–रौजा सडकलगायत जिल्लाको प्रमुख सडकसहित २४ सडक बाढीले अवरुद्ध भएको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो ।

जिल्लाका मुख्य सडक बाढीले अवरुद्ध भएपछि जिल्लाको सुदूरदक्षिणी क्षेत्रमा रहेको जिल्ला सदरमुकाम जलेश्वरसँग बाँकी जिल्लाका अन्य भेगको सम्बन्धविच्छेदजस्तै बनेको छ । क्षतिग्रस्त सडकमा मर्मतसम्भारको काम द्रूतगतिमा बढाइएको प्रजिअ ढकालको भनाइ छ । यी क्षतिग्रस्त सडक र पूर्वपश्चिम राजमार्गको महोत्तरीकै बर्दिवासस्थित भब्सीपुलमा बेलिब्रिज पाँच दिनभित्रै प्रयोगमा आइसक्ने प्रजिअ ढकालले जानकारी दिनुभयो ।

भब्सी नदीमा आएको ठूलो बाढीले गत शुक्रबार राति पुल बगाएपछि यहाँ सडक यातायात अवरुद्ध भएपछि बेलिब्रिज जडानको काम थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा