2026-09-14 09:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा जिल्लामै पहिलो स्तनपान कक्ष स्थापना

साउन २, नवलपरासी  | पश्चिम नवलपरासीस्थित सरकारी कार्यालयमा महिला सेवाग्राहीलाई लक्षित गरी पहिलो पटक स्तनपान कक्ष स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लामै पहिलो पटक गोप्य स्तनपान कक्ष स्थापना गरी प्रयोगमा ल्याएको हो । 

कार्यालयमा सेवा लिन आउने महिला सेवाग्राहीहरुको समस्यालाई मध्यनजर गर्दै उक्त कक्ष स्थापना गरिएको हो । महिला सेवाग्राहीलाई सार्वजनिक रुपमै आफ्ना बालबच्चालाई स्तनपान गराउन असहजता हुने भएकाले उक्त समस्यालाई मध्यनजर गर्दै कार्यालय हाताभित्रै स्तनपान कक्ष स्थापना गरिएको प्रजिअ शम्भुप्रसाद मरासिनीले जानकारी दिनुभयो । “कार्यालयमा महिला सेवाग्राहीको चाप हुने गरेको छ, कतिपय बालबच्चासहित आउनुहुन्छ, विभिन्न सेवा लिन आउँदा केही समय लाइनमा बस्नुपर्ने वा कुर्नुपर्ने हुनसक्छ, त्यस्तो अवस्थामा दुधे बालबच्चालाई स्तनपान गराउन सहयोग पुग्ने र बालबालिकाको आमाको दूध पान गर्न पाउने अधिकारलाई संरक्षण गर्न पनि हामीले यो कक्ष स्थापना गरेका हौँ”, प्रजिअ मरासिनीले भन्नुभयो । 

कार्यालयमा स्तनपान कक्ष स्थापना भएपछि दुधेबच्चासहित महिला कर्मचारी र सेवाग्राही महिलालाई स्तनपान गराउन सजिलो भएको कार्यालयका प्रशासकीय अधिकृत ज्योतिराज अर्यालले बताउनुभयो । कार्यालयलाई महिलामैत्री बनाउनका लागि पनि यो शुरुआत गरेको उहाँको भनाइ थियो । 

पाल्हिनन्दन–५ की शोभावती हरिजने आफू नागरिकताका लागि केही समयको कुराइमा बस्दै गर्दा स्तनपान कक्षमा बसेर आफ्नो बच्चालाई दूध खुवाउन पाएको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो । जिल्लाका अन्य कार्यालय र गाउँपालिका-नगरपालिकामा पनि यस्ता कक्षको स्थापना गर्नुपर्ने उहाँको सुझाव थियो । 

यसैगरी जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले नागरिक सहायता कक्ष पनि  स्थापना गरेको छ । नागरिकलाई सहज सेवा प्रदान गर्न र कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहलाई चुस्त–दुरुस्त बनाउनका लागि यो कक्ष स्थापना गरिएको कार्यालयले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालयबाट पुरानो सेवा र ढाँचालाई अन्त्य गर्दै सेवाग्राहीलाई सहज र छिटो सेवा प्रदान गर्दै सन्तुष्ट बनाउने गरी सेवाप्रवाह चुस्त बनाइएको प्रजिअ मरासिनीको भनाइ छ । नागरिक सहायता कक्ष स्थापना भएपछि सेवाग्राहीले पनि सहजता महसुस गरेको नागरिक समाजका अध्यक्ष शम्भु उपाध्यायले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले