३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङको शान्तिनगर गाउँपालिकामा सबै वडामा स्वास्थ्य चौकी स्थापना

२ श्रावण २०७६, बिहीबार ०६:५७

साउन  २, दाङ  | दाङको शान्तिनगर गाउँपालिकाले सबै वडामा स्वास्थ्य चौकी स्थापना गरेको छ । स्वास्थ्य सेवामा सबैको सहज पहुँच पु¥याउनका लागि गाउँपालिकाले सबै वडामा स्वास्थ्य चौकी स्थापना गरेको गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले बताउनुभयो । 

“विकट वडाका नागरिकमा अझै पनि स्वास्थ्य सेवाको सहज पहुँचमा पुग्न सकेका छैनन्”,उहाँले भन्नुभयो, “त्यसैले हामीले प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरिरहेका छौँ ।” शान्तिनगर गाउँपालिका–७ मा बिहीबार वडा स्वास्थ्य चौकी स्थापना गरिएसँगै सबै वडामा स्वास्थ्य चौकी पुगेका हुन् । उक्त स्वास्थ्य चौकीको बिहीबार गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले उद्घाटन गर्नुभएको हो । 

वडा नं ७ स्थित दुविचौर दुविचौरमा आधारभूत वडा स्वास्थ्य संस्था सञ्चालनमा ल्याइएको वडाध्यक्ष पिमलाल ओलीले बताउनुभयो । वडाका कुनै पनि नागरिक स्वास्थ्यबाट बञ्चित हुन नपरोस् भनी वडा स्वास्थ्य चौकी स्थापना गरिएको उहाँको भनाइ थियो । योसँगै आधारभूत स्वास्थ्य सेवा वडाबाटै वितरण हुने भएको छ । वडामा स्वास्य चौकी स्थापना भएपछि त्यहाँका नागरिकलाई सहज पनि भएको छ । 

यस्तै गाउँपालिकाले चालू आर्थिक वर्षमा पनि शिक्षा र स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधारलाई पनि विशेष महत्वका साथ बजेट विनियोजन गरेको अध्यक्ष डाँगीले बताउनुभयो । विकट क्षेत्रमा भएकाले पनि गाउँपालिकाले स्वास्थ्यलाई बढी महत्व दिएको उहाँको भनाइ थियो । 

दुई स्वास्थ्य संस्थामा ल्याब 

दाङको शान्तिनगर गाउँपालिकाका दुई वटा स्वास्थ्य संस्थामा प्रयोगशाला सेवा दिने तयारी थालिएको छ । गाउँपालिकाले धनौरी र बाघमारे स्वास्थ्य चौकीमा ल्याब सेवा शुरु गर्न थालिएको गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले जानकारी दिनुभयो । 

“गाउँपालिकाका दुई वटा स्वास्थ्य चौकीमा ल्याब सेवा शुरु गर्दैछौँ”, उहाँले भन्नुभयो, “त्यसका लागि प्रक्रिया अघि बढाएका छौँ ।” वडाबाटै सेवा प्रदान गर्नका लागि यो कार्य अघि बढाउन लागिएको अध्यक्ष डाँगीको भनाइ छ । अहिले ल्याब सेवा लिन तुलसीपुर बजारमै जानुपर्ने अवस्था रहेको भन्दै उहाँले यो समस्या समाधानका लागि गाउँपालिकाले ल्याब सेवा शुरु गर्न लागेको जानकारी दिनुभयो । 

अहिले शान्तिनगरको चिराघाट स्वास्थ्य चौकीमा भने ल्याब सेवा शुरु भएको छ । जसबाट चालू आर्थिक वर्षमा ८३३ जनाले सेवा लिएका छन् । साथै क्षयरोगको जाँच गराएका १४३ मध्ये पाँच जनामा यो रोग देखिएको संयोजक पुनले बताउनुभयो । 

यसैबीच शान्तिनगरको चिराघाट स्वास्थ्य चौकीमा ३४ जना कडा खालका कुपोषण भएका बच्चा देखिएका छन् । शान्तिनगर गाउँपालिका स्वास्थ्य संयोजक हरि पुनका अनुसार उक्त स्वास्थ्य चौकीका ३४ जनामा कडा खालको कुपोषण भएको पाइएको हो । त्यस्तै मध्यम खालको कुपोषण ११७ मा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ