Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङको शान्तिनगर गाउँपालिकामा सबै वडामा स्वास्थ्य चौकी स्थापना

२०७६, २ श्रावण बिहीबार ०६:५७

साउन  २, दाङ  | दाङको शान्तिनगर गाउँपालिकाले सबै वडामा स्वास्थ्य चौकी स्थापना गरेको छ । स्वास्थ्य सेवामा सबैको सहज पहुँच पु¥याउनका लागि गाउँपालिकाले सबै वडामा स्वास्थ्य चौकी स्थापना गरेको गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले बताउनुभयो । 

“विकट वडाका नागरिकमा अझै पनि स्वास्थ्य सेवाको सहज पहुँचमा पुग्न सकेका छैनन्”,उहाँले भन्नुभयो, “त्यसैले हामीले प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरिरहेका छौँ ।” शान्तिनगर गाउँपालिका–७ मा बिहीबार वडा स्वास्थ्य चौकी स्थापना गरिएसँगै सबै वडामा स्वास्थ्य चौकी पुगेका हुन् । उक्त स्वास्थ्य चौकीको बिहीबार गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले उद्घाटन गर्नुभएको हो । 

वडा नं ७ स्थित दुविचौर दुविचौरमा आधारभूत वडा स्वास्थ्य संस्था सञ्चालनमा ल्याइएको वडाध्यक्ष पिमलाल ओलीले बताउनुभयो । वडाका कुनै पनि नागरिक स्वास्थ्यबाट बञ्चित हुन नपरोस् भनी वडा स्वास्थ्य चौकी स्थापना गरिएको उहाँको भनाइ थियो । योसँगै आधारभूत स्वास्थ्य सेवा वडाबाटै वितरण हुने भएको छ । वडामा स्वास्य चौकी स्थापना भएपछि त्यहाँका नागरिकलाई सहज पनि भएको छ । 

यस्तै गाउँपालिकाले चालू आर्थिक वर्षमा पनि शिक्षा र स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधारलाई पनि विशेष महत्वका साथ बजेट विनियोजन गरेको अध्यक्ष डाँगीले बताउनुभयो । विकट क्षेत्रमा भएकाले पनि गाउँपालिकाले स्वास्थ्यलाई बढी महत्व दिएको उहाँको भनाइ थियो । 

दुई स्वास्थ्य संस्थामा ल्याब 

दाङको शान्तिनगर गाउँपालिकाका दुई वटा स्वास्थ्य संस्थामा प्रयोगशाला सेवा दिने तयारी थालिएको छ । गाउँपालिकाले धनौरी र बाघमारे स्वास्थ्य चौकीमा ल्याब सेवा शुरु गर्न थालिएको गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले जानकारी दिनुभयो । 

“गाउँपालिकाका दुई वटा स्वास्थ्य चौकीमा ल्याब सेवा शुरु गर्दैछौँ”, उहाँले भन्नुभयो, “त्यसका लागि प्रक्रिया अघि बढाएका छौँ ।” वडाबाटै सेवा प्रदान गर्नका लागि यो कार्य अघि बढाउन लागिएको अध्यक्ष डाँगीको भनाइ छ । अहिले ल्याब सेवा लिन तुलसीपुर बजारमै जानुपर्ने अवस्था रहेको भन्दै उहाँले यो समस्या समाधानका लागि गाउँपालिकाले ल्याब सेवा शुरु गर्न लागेको जानकारी दिनुभयो । 

अहिले शान्तिनगरको चिराघाट स्वास्थ्य चौकीमा भने ल्याब सेवा शुरु भएको छ । जसबाट चालू आर्थिक वर्षमा ८३३ जनाले सेवा लिएका छन् । साथै क्षयरोगको जाँच गराएका १४३ मध्ये पाँच जनामा यो रोग देखिएको संयोजक पुनले बताउनुभयो । 

यसैबीच शान्तिनगरको चिराघाट स्वास्थ्य चौकीमा ३४ जना कडा खालका कुपोषण भएका बच्चा देखिएका छन् । शान्तिनगर गाउँपालिका स्वास्थ्य संयोजक हरि पुनका अनुसार उक्त स्वास्थ्य चौकीका ३४ जनामा कडा खालको कुपोषण भएको पाइएको हो । त्यस्तै मध्यम खालको कुपोषण ११७ मा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित