२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कंचनपुर शुक्लाफाँटाका हावाहुरी पीडितलाई १३ लाख वितरण

२०७६, २ श्रावण बिहीबार १४:३१

साउन २, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले हावाहुरीका कारण घरमा पूर्ण र आंशिक क्षति भएका २३८ परिवारलाई राहत स्वरुप रु १३ लाख वितरण गरेको छ ।

गत जेठ २३ गते र २९ गतेको हावाहुरीले घरमा क्षति पु¥याएका परिवारलाई राहत रकम वितरण गरिएको हो । घरमा पूर्ण क्षति भएका २२ परिवारलाई रु १० हजारका दरले रु दुई लाख २० हजार र आंशिक क्षति भएका २१६ परिवारलाई रु पाँच हजारका दरले रु १० लाख ८० हजार राहत रकम वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विसनसिंह थापाले बताउनुभयो । 

“प्राप्त निवेदन र प्रहरी मुचुल्काका आधारमा क्षतिको यकिन गरी वडा कार्यालयलाई आवश्यक बजेट विनियोजन गरी पीडितलाई रकम वितरण गरिएको हो”, उहाँले भन्नुभयो । वडा नं १ मा आंशिक क्षति भएका १०० तीन परिवारलाई रु पाँच लाख १५ हजार, पूर्ण क्षति भएका एक परिवारलाई रु १० हजारका दरले रकम वितरण गरिएको हो । वडा नं २ मा आंशिक क्षति भएका पाँच परिवारलाई रु २५ हजार, वडा नं ३ का आंशिक क्षति भएका १० परिवारलाई रु ५० हजार, पूर्ण क्षति भएका तीन परिवारलाई रु ३० हजार प्रदान गरिएको छ । 

वडा नं ४ का १९ परिवारलाई रु ९५ हजार, पूर्ण क्षति भएका दुई परिवारलाई रु २० हजार, वडा नं ५ का आंशिक क्षति भएका तीन परिवारलाई रु १५ हजार, पूर्ण क्षति भएका तीन परिवारलाई रु ३० हजार रकम वितरण गरिएको छ । 

वडा नं ६ का आंशिक क्षति पुगेका सात परिवारलाई रु ३५ हजार, वडा नं ७ का एक परिवारलाई रु पाँच हजार, पूर्ण क्षति भएका छ परिवारलाई रु ६० हजार तथा वडा नं ८ मा आंशिक क्षति भएका १० परिवारलाई रु ५० हजार, पूर्ण क्षति भएका चार परिवारलाई रु ४० हजार प्रदान गरिएको छ । त्यस्तै वडा नं ९ का आंशिक क्षति भएका सात परिवारलाई रु ३५ हजार, पूर्ण क्षति भएका एक परिवारलाई रु १० हजारका दरले रकम वितरण गरिएको छ । 

वडा नं १० का आंशिक क्षति भएका तीन परिवारलाई रु ३५ हजार, पूर्ण क्षति भएका एक परिवारलाई रु १० हजार, वडा नं ११ का आंशिक क्षति भएका ३६ परिवारलाई रु एक लाख ८० हजार, पूर्ण क्षति भएका एक परिवारलाई रु १० हजार र वडा नं १२ का आंशिक क्षति भएका १२ परिवारलाई रु ६० हजार प्रदान गरिएको छ । 

सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयअन्र्तगतको प्रदेश विपद् व्यवस्थापन समितिमार्फत जिल्ला विपद् व्यवस्थापन समितिले नगरपालिकालाई ती पीडितलाई राहत रकम उपलब्ध गराउन रु १० लाख रकम प्रदान गरेको थियो । नगर विपद् व्यवस्थापन समितिको कोषमा रहेको रु तीन लाख गरी रु १३ लाख रकम वितरण गरिएको छ । 

सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले कञ्चनपुरका हावाहुरी पीडितका लागि जिल्ला विपद् व्यवस्थापन समितिलाई रु ८७ लाख पाँच हजार रकम उपलब्ध गराएको थियो । क्षतिको आधारमा जिल्ला विपद् व्यवस्थापन कोषबाट स्थानीय तहलाई रकम उपलब्ध गराइएको हो । जिल्ला विपद् व्यवस्थापन कोषबाट मात्रै हावाहुरी पीडित ५०२ जनालाई रु नौ लाख २१ हजार रकम वितरण गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी