२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ जिल्लाको नाम कसरी रहन गयो ? के छ यहाँका धार्मिक तथा पर्यटकीय स्थलहरुको महत्व ?

२०७६, ३ श्रावण शुक्रबार ०६:३७

सुनिल कुँवर  | साउन ३, काठमाडौँ  | बझाङ जिल्ला नेपालको पश्चिम भू-भागको सुदरपश्चिम प्रदेशमा अवस्थित हिमाली जिल्ला हो | प्राकृतिक सौन्दर्यताले भरिपुर्ण पातलो मानवीय बस्ति भएको दुर्गम जिल्लाहो बझाङ | आफ्नै मैलिक पहिचान र सास्कृतिक धरोहरले धनि मानिएको छ | 

मनोरम जिल्ला बझाङको पूर्वमा वाजुरा र हुम्ला जिल्ला, पश्चिममा वैतडी र दार्चुला जिल्ला, उत्तरमा हुम्ला जिल्ला र चीनको स्वाशासित क्षेत्र तिब्बत, दक्षिणमा वैतडी र डोटी जिल्ला अवस्थित छन्। कूल क्षेत्रफल ३४२२ वर्ग किलोमिटर भएको यस जिल्लामा १ वटा संघीय र दुइ वटा प्रादेशिक गरि हाल ३ वटा संसदीय निर्वाचन क्षेत्र छन् |  ११ वटा इलाका क्षेत्र रहेका छन्  | कुल १२ वटा स्थानीय तह रहेका छन् | दुई वटा नगरपालिका र १० वटा गाउपलिका गरि ९४ वटा वडाहरु रहेका छन्  | जम्मा १९४७०१  जनसङ्ख्या भएको यस जिल्लामा बाहुन, क्षेत्री बहुसंख्यक रुपमा रहेका छन् भने अल्पसंख्यक रुपमा वैश्य र सुद्रको पनि बसोबास रहेको छ | गौरा पर्ब यहाको मुख्य चाड हो , देउडा खेलेर आफ्ना सुख दुख साट्ने परम्परा रहेको छ | 

यो जिल्ला समुद्री सतहबाट ३००० फिटको रायल गाविसको देउरा देखि २३००० फिट (९१५ मि. देखि ७०३५ मी.)को काँडा गाविसको साइपाल हिमालसम्मको विविधतायुत्त उचाइमा रहेको छ।

बझाङ्ग जिल्ला हावापानीका दृष्टिले विविधतायुत्त रहेको छ। हिमाली जिल्लाको रुपमा रहेको यस जिल्लको ६० प्रतिशत भूभाग शीत प्रदेश, ३० प्रतिशत भूभाग समशितोष्ण र बाँकी १० प्रतिशत भूभाग उपोष्ण प्रदेशमा पर्दछ।

बझाङ जिल्लाको सबै भन्दा अग्लो स्थान: सैपाल ७,०३१ मिटरमा अवस्थित छ भने सबै भन्दा होचो स्थान : देउरा ९१५ मिटर रहेको छ  | यस जिल्लामा बोलिने प्रमुख भाषा बझाङ्गी,र नेपाली हुन् | 

बझाङ जिल्लाको नाम कसरी रहन गयो ?

यस जिल्लाको नाम कसरी बझाङ रह्यो भन्ने सम्बन्धमा ऐतिहासिक रोचक कथाहरु छन । एउटा  मान्यता अनुसार बझाङ्गी राजाका पूर्वज रावल तथा सिंहहरूले रानाकोट चौधारी तथा ब्यासीमा पर्ने एउटा शिखरमा दरवारकोट बनाउने क्रममा त्यहाँ एउटा कालो चिल्लो दर्शनीय शिलाढुङ्गा फेला परेछ। उक्त शिलालाई त्यस कोटबाट तल खोलामा फ्याँक्दा बारम्बार साविककै ठाउमा आएर बसेको देखेपछि राजाले उक्त शिलालाई कालभैरबको रूपमा स्थापित गरी पूजा गरे। अति अग्लो उक्त कोटमा कालान्तरमा चट्याङबाट बज्र परेछ। तर कालभैरबको प्रभावले उक्त वज्र प्रभावहीन भई दरबारमा कुनै क्षति नपुगेकोले त्यस ठाँउ लाई बज्रङ्ग भनिएछ । कालान्तर पछि उक्त शब्द अपभ्रंस भै बझाङ हुन गएको हो भन्ने मान्यता भए पनि वास्तविक तथ्यको आधार र पौराणिक धार्मिक मान्यता अनुसार तारकासुर (ताडकासुर) को स्थानीय नाम मष्ट(मष्टो) हो । मष्टो मध्ये सबै भन्दा जेठो मष्ट/मष्टो डंडारमष्टो को जन्म स्थान बझाङ जिल्लाको भाते खोला हो । वर्तमान मष्ट /मष्टो भनिनेको प्राचीन नाम तारकासुर(ताडकासुर) का बाबुको नाम बज्रांग को अपभ्रंस बाट बझाङ्ग जिल्लाको नाम रहेको हो | भन्ने किम्बदन्ती छ | 

बझाङ जिल्लाको भैगोलिक स्थिति : पूर्वमा बाजुरा र हुम्ला जिल्ला रहेको छ | भने पश्चिममा बैतडी र दाचुर्ला जिल्ला अवस्थित छन् | उत्तरमा हुम्ला जिल्ला र चीनको स्वाशासित क्षेत्र तिब्बत दक्षिणमा बैतडी र डोटी जिल्ला रहेका छन् | 

आक्षांश : २९° २९’ उत्तर ३०° ९’ उत्तर , देशान्तर : ८०° ४६’ पूर्व ८१° ३४’ पूर्व उचाई : ९०० मि. देउरा देखि ७,०७७ मि. साईपाल हिमालसम्म रहेको छ | 

यस जिल्लाका प्रमुख हिमालहरुः

साइपाल हिमाल, आर्या हिमाल, जेठी-बहुरानी हिमाल, नाम्पा हिमाल, योगा हिमाल, व्याँस हिमाल, उरइ-भञ्ज्याँग हिमाल, राक्से हिमाल, दुवै- भञ्ज्याँग हिमाल, राइढुंगी- भञ्ज्याँग हिमाल आदि रहेका छन् | 

प्रमुख नदीनालाहरुः

सेती, कालंगा, सानिगाड , निमिली गाड ,बाहुलीगाड, तारुगाड, सुनीगाड, तल्कोटीगाड, थलारीगाड, जडारीगाड, भ्यागुतेगाड, लिस्तीगाड, घाटगंगा, डिलगाड, विडीगाड, गनईगाड आदि रहेका छ्न | 

प्रमुख तालहरुः सूर्मा सरोवर, खप्तड ताल, तिमा दह, लोकुन्डा ताल, नीलसिरी कुन्ड, उराइ ताल, माझा ताल, खपर दह।

प्रमुख झरनाहरुः दाँतोला, गोर्खाली, चनकेली ढुँगा, कोइरालाकोट-छडिगाड, सुनकुडा,पाल्तीछडा, वारिलछडो, चिडकाको झरना, धदिवन झरना, गुरायल झरना।

प्रमुख पर्यटकीय गन्तव्यः

साइपाल हिमाल क्षेत्र, सुर्मासरोवर क्षेत्र, खप्तड क्षेत्र, बित्थड क्षेत्र, खोल्लेक , तातोपानी, खापरदह, ऋषिकुण्ड, कैलाशगुफा, बाइसधारा , बड्डी ज्यावन आदि रहेका छन् |  

प्रमुख धार्मिक क्षेत्र तथा मठमन्दिरः

सुर्मादेवी मन्दिर, माइकाथान, खप्तडबाबा कुटी, सहस्रलिंग, खापरमाणु, मष्टामाणु, नवादेवमाणु, कालिका, नाननदेव, वडीज्यावल बाह्रदेउ मन्दिर, बाइसधारा ,बड्डीज्यावन |

बझाङ जिल्लामा रहेका चलन चल्तीका प्रमुख बाजा :पञ्चेबाजा, सनई, वासुरी, मादल, दमाह, ट्याम्को, नरसिंहा, मुजुरा, घुँघुरा, आदि ।

यस जिल्लामा उपलब्ध प्रमुख जडिबुटीहरु :यार्सागुम्बा लगायत अमला, रिठा, पाषणवेद, सतुवा, पावनबोक्रा, कटुकी, झ्याउ लगायत ८ प्रकारका

प्रजातिहरुरहेका छन् | त्यस्तै  जिल्लामा उपलब्ध अन्य राष्ट्रिय सम्पदाहरु डाँफे, लालिगुराँस, जयपृथ्वीनगर, मानवतावादी तथा शिक्षाप्रेमी राजा जयपृथ्वी वहादुर सिंहको दरवार आदि रहेका छन्  | ( बझाङ जिल्लाको बारेमा जान्न चाहनेहरुका लागि संक्षिप्त जानकारी समेट्ने प्रयास गरेको छु |, चाहेर पनि सबै कुराहरु समेट्न नसकेकोमा माफ गर्नु होला , पक्कै पनि बझाङ जिल्लाको बारेमा आउदा दिनहरुमा लेख्ने प्रयास गर्ने नै छु :  सुनिल कुँवर, साझा सवाल) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला