2026-07-09 04:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा अझै बनेन सातनाली पक्की पुल

2019-07-19

साउन ३, डोटी  | निर्माण कार्य शुरु गरेको वर्षांै बितिसक्दासमेत डोटीको सातनाली सडकको मोटर चल्ने पक्की पुल अझै बन्न सकेको छैन । सातनाली–मेल्लेक–बझाङ सडकलाई केआइसिंह राजमार्गसँग जोड्न जिल्लाको शिखर नगरपालिका–१० बाण्डुङ्ग्रीसैनको सेती नदीमा पुल निर्माण गर्न विसं २०७१ असार २९ गते सम्झौता भएको थियो । 

उक्त सम्झौताअनुसार विसं २०७४ असार २९ गतेभित्र पुल निर्माण भइसक्नुपर्ने थियो । 

तर पुलको निर्माण कार्य १० प्रतिशत पनि नभएको स्थानीयको आरोप छ । यसअघि पनि सुस्त गतिमा भएको निर्माण कार्य लामो समयदेखि पूर्णरुपमा रोकिएको छ । रु २६ करोड २० लाखको लागतमा निर्माण हुने करीब ४०० मिटर लम्बाइको उक्त पुल डिभिजन सडक कार्यालय कुलपाते, डोटीले पुष्प–राजेन्द्र जेभी निर्माण कम्पनीसँग सम्झौता गरी निर्माण कार्य शुरु गरेको थियो ।

पुल निर्माण हुने समयावधि समाप्त भएर थप एक वर्ष तीन महीना बितिसक्दासमेत पुलका दायाँबायाँ पिल्लरसमेत बनेका छैनन् । उक्त पुल समयमै नबन्दा शिखर नगरपालिकाको वडा नं ११ सडक सञ्जालमा जोडिन सकेको छैन । नदीमा पुल नभएकै कारण विसं २०४९ देखि निर्माण कार्य शुरु भएको सातनाली–मेल्लेक–बझाङ सडक अलपत्र परेको छ । पुल नभएका कारण उक्त सडकमा यातायातका साधन सञ्चालन हुन नसकेको स्थानीय रामबहादुर धाँमीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “पुल नै बनेको छैन कहाँबाट लगेर गाडी चलाउनु, काटेको सडक गाडी नचल्दा दिनहुँ बिग्रिँन र भत्किन थालेको छ ।”पुल निर्माणमा ढिलाइ हुनुका कारणबारे सम्बन्धित डिभिजन सडक कार्यालय कुल्पोतेका इञ्जिनीयर वसन्तकुमार गायीसँग बुझ्दा उहाँले पुलको फाउण्डेसनमा समस्या भएको जानकारी दिनुभयो ।

 पुल निर्माण व्यवसायी कम्पनीले अबको एक सातामा काम शुरु गर्ने कुरामा स्थानीयवासी विश्वस्त हुन सकेका छैनन् । पहिलो पटकको सम्झौता ठेक्का अवधि सकिएर विसं २०७५ पुस मसान्तसम्मका लागि म्याद थप गरिएको थियो । पुनः म्याद थपिए पनि काम शुरु भएको छैन । यति हुँदा पनि निर्माण व्यवसायी कम्पनीलाई कारवाही भने भएको छैन । निर्माण व्यवसायी कम्पनी पुष्प राजेन्द्र जेभीका सञ्चालक भीमबहादुर साउद डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिकाका प्रमुख हुनुभएको छ । उहाँलाई कुनै कारवाही नहुँदा यहाँका काम लथालिङ्ग अवस्थामा पुगेको स्थानीयको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो