२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

कुवेतमा बिचल्लीमा परेकी नुवाकोटकी अनु तामाङलाई नेपाल फर्काइयो

२०७६, ४ श्रावण शनिबार १५:२३

साउन ४, नुवाकोट | दलालको प्रलोभनमा परी कुवेतमा बिचल्लीमा परेकी नुवाकोट, महाकाली गाउँपालिका (साबिक) वडा नं ८ की अनु तामाङलाई नेपाल फर्काइएको छ । 

राम्रो काम लगाइदिने आशमा छ महीनाअघि दलालको फन्दामा परी भारत हुँदै कुबेत पुगेकी तामाङ आफूले केही दिनअघि शारीरिक तथा मानसिक यातना भोगिरहनु परेको गुनासो सामाजिक सञ्जालमार्फत गरेपछि सरकारले नेपाल फिर्ता प्रक्रिया अगाडि बढाएको थियो ।

तामाङलाई शुक्रबार बिहान ११:०० बजे एयरअरबिया एयरलायन्सबाट  नेपाल फर्काइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सह–सचिव रुद्रादेवी शर्माले जानकारी दिनुभयो । यस बारेमा राससले निरन्तर समाचार सम्प्रेषण गरिरहेको थियो । 

पीडित तामाङले घरमा काम गर्ने साहुले नै बन्धक बनाएर कुटपिट गर्दै यातना दिने गरेको बताएपछि परराष्ट्र मन्त्रालय, महिला मन्त्रालय, वैदेशिक रोजगार विभागलगायत सम्बन्धित निकायले पहल शुरु गरेका थिए । अहिले अनुलाई छोरी सलिनाको जिम्मा लगाइएको छ । 

पछिल्लो समयमा यसरी गैरकानूनी रुपमा विभिन्न प्रलोभनमा विदेश जाने र बिचल्लीमा परेपछि सरकारलाई हारगुहार गर्ने प्रचलन बढ्दै गएको छ । महिला मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा मात्रै भारत, म्यान्मा, कुबेत र साउदी अरब लगायतका देशमा मानव बेचबिखन तथा ओसारपसारमा परेका ३११ जना व्यक्तिलाई उद्धार गरी नेपाल फिर्ता गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने