७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

नेपाल एयरलाइन्सको उडान स्थगित हुँदा हजयात्री विमानस्थलमै अलपत्र

४ श्रावण २०७६, शनिबार १७:४९

साउन ४, बाँके | नेपाल एयरलाइन्सको नेपालगञ्ज–काठमाडौँ  उडान स्थगित हुँदा हजयात्री नेपालगञ्ज विमानस्थलमा अलपत्र परेका छन् ।

नेपाल एयरलाइन्सको आज ११:५० को नियमित उडानबाट काठमाडौँ जानका लागि करीब २० दिनअघि टिकट लिएका हजयात्री नेपाल एयरलाइन्स विमानको उडान स्थगित हुँदा अलपत्र परेको हजयात्री मोहम्मद उमरले बताउनुभयो ।

उहाँका अनुसार, घरबाट साइत गरी बिदावारी भएर काठमाडौँ उडानका लागि नेपालगञ्ज विमानस्थल पुगेका हजयात्री बोर्डिङपास लिने बेलामा नेपाल एयरलाइन्सको विमानमा प्रविधिक समस्याका कारण उडान रद्द भएको जानकारी गराइएपछि हजयात्री अलपत्र परेका हुन् ।

उहाँले नेपाल एयरलाइन्सको विमान स्थगित हुँदा निजी विमानले सहुलियत दरको टिकट वितरण नगर्दा हजयात्री तीन गुणा बढी मूल्य तिर्न बाध्य भएको जानकारी गराउनुभयो । हजयात्रीलाई आइतबार बिहान १० बजे केन्द्रीय हज समितिमा सम्पर्क राख्नका लागि बोलाइएको कारण बाँकेका हजयात्रीले आज काठमाडौँ जानको लागि गत असार १६ गते नेपाल एयरलाइन्सको सिटी अफिस नेपालगञ्जबाट काठमाडौँका लागि टिकट लिएका थिए । 

नेपाल एयरलाइन्स नेपालगञ्ज विमानस्थलका स्टेशन प्रमुख शङ्कर केसीले विमान विराटनगर उडान गरेको बेलामा प्रविधिक समस्या आएको कारण उडान रद्द गर्नुपरेको जानकारी दिनुभयो । उहाँले नेपाल एयरलाइन्सको विमान नआएपछि अन्य निजी विमानबाट जानका लागि हजयात्रीलाई सहजीकरण गरेको बताउनुभयो । 

हजयात्रामा मक्कामदिना जान बाँकेबाट १६४ जनाले जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत केन्द्रीय हज समितिमा आवेदन गरेकामा यस वर्ष मुस्लिम समुदायका १२३ जना छनोटमा परेका छन् । 

कोटा अभावका कारण यस वर्ष १२३ जनाले मात्र हज गर्न मक्कामदिना जान पाउने भएको केन्द्रीय हज समितिका सदस्य मेराज अहमद हलवाई हिमालयले बताउनुभयो । उहाँका अनुसार, बाँकेका हजयात्रीको टोली साउन ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एयर अरेवियाको जहाजबाट साउदी अरबका लागि प्रस्थान गर्ने तालिका रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले नेताको गुनासो : प्रधानमन्त्री ओ‌लीविरूद्ध भ्रम फैल्याइयो कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समूहको प्रदर्शन पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु सुदूरपश्चिम रोयल्सको आइकनिक खेलाडीमा वसन्त खत्री एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा माओवादीका दुई नेताले कम्बोडिया भ्रमण रद्द एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ आईपीएल १४ मार्चदेखि सुरु हुने नेपालले प्राप्त गरेको क्रेडिट रेटिङ्ग सन्तोषजनक छ: अर्थमन्त्री पौडेल एमालेमा जग्गा दान विवाद : न्यायाधीश चुँडाल र सुवेदीको इजलासमा रिटमाथि सुनुवाइ हुँदै छायाङ्कनको अन्तिम तालिकामा ‘बलिदान’ आज कुन फलफूल तथा तरकारीको मूल्य कति ? आज शुक्रबार पनि बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार? अन्तर्राष्ट्रिय उडान गर्ने ११ वटा एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर गयो भूकम्प जागरण सभाका नाममा आज एमालेले शक्ति प्रदर्शन गर्दै शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ? आजको मौसम : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने यू–१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो जनताले महसुश गर्ने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन