२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

रुपन्देहीको सैनामैनामा सूचना प्रविधिका डिजिटल उपकरण वितरण

२०७६, ६ श्रावण सोमबार ०२:५३

साउन ६, रुपन्देही (रासस) | रुपन्देहीको सैनामैना नगरपालिकाले सामुदायिक विद्यालयलाई सूचना प्रविधिका डिजिटल उपकरण वितरण गरेको छ । नगरपालिकाकाले १८ सामुदायिक विद्यालयलाई सूचना प्रविधिका डिजिटल उपकरण वितरण गरेको सैनामैना नगरपालिकाले जनाएको छ ।  

रु एक करोड ७४ लाख ८९ हजार लगानीमा नगरपालिकाले सामुदायिक विद्यालयका लागि १८ ल्यापटप, १७१ डेस्कटप कम्प्युटर, १३ स्मार्ट प्रोजेक्टर र सात प्रिन्टर (आइसिटी सामग्री) नगरप्रमुख चित्रबहादुर कार्कीले वितरण गर्नुभएको हो । नगरभित्र रहेका सामुदायिक विद्यायललाई स्मार्ट कक्षा सञ्चालनसँगै शैक्षिक गुणस्तर सुधारका लागि भन्दै आइसिटी सामग्री प्रदान गरिएको नगर प्रमुख  कार्कीले जानकारी दिनुभयो ।

प्रमुख कार्कीले आइसिटी सामग्रीको उच्चतम प्रयोग गर्दै शैक्षिक गुणस्तर सुधारको अभियानलाई प्रभावकारी बनाउन आग्रहसमेत गर्नुभयो । उपप्रमुख बीना राना, काङ्ग्रेस नगर सभापति रामप्रसाद अधिकारी, नेकपाका नगरअध्यक्ष चेतनारायण न्यौपाने, शिक्षा शाखाका हेमराज अर्याल, केशवराज अर्याललगायतले  नगरपालिकाले राम्रो कामको थालनी गरेको विचार व्यक्त गर्नुभयो । 

गत आर्थिक वर्षको बजेटबाट विद्यालय र कक्षा कोठालाई स्मार्ट बनाउनका लागि नगरका १८ वटा विद्यालयमा १०३ सेट प्रोजेक्टर र ल्यापटप उपलब्ध गराएको थियो । शिक्षकलाई कम्प्युटर चलाउने तालीमसमेत प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

प्रविधिले शिक्षकको मनोबल उच्च बनाउने र विद्यार्थीको सिकाइको स्तर पनि बढाइरहेको सैनामैना माविका प्राध्यापक नेत्रलाल पुरीले बताउनुभयो । नेपाली टाइप, पावर पोइन्टर स्लाइड, इन्टरनेटमा अध्यापन सामग्री कसरी खोज्ने भन्ने विषयमा समेत शिक्षकले तालीम लिइसकेका छन् भने विद्यार्थीलाई उपकरणबाटै पढाउन शुरु गरेका छन् । 

नि:शुल्क विद्युत् मिटर वितरण 

सैनामैना नगरपालिकाले नगरपालिकाका विपन्न १४७ परिवारलाई निःशुल्क विद्युत् मिटर उपलब्ध गराएको छ । ११ वटा वडाबाट विपन्न परिवारका सदस्यलाई निःशुल्क विद्युत् मिटर वितरण गरिएको हो । नगर प्रमुख चित्रबहादुर कार्की र नेपाल विद्युत् प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रले विपन्न समुदायका व्यक्तिलाई निःशुल्क मिटर हस्तान्तरण गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते