२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

हलेसी मन्दिर परिसरको पदमार्ग गुणस्तरहीन बन्दै

६ श्रावण २०७६, सोमबार ०६:०६

साउन ६, खोटाङ | हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसी मन्दिर परिसरमा निर्माणाधीन पदमार्ग गुणस्तरहीन बन्दै गएको छ । उपभोक्ता समितिमार्फत निर्माणको काम थालिएको मन्दिरको उत्तर–पश्चिम भेगमा निर्माणाधीन पदमार्ग गुणस्तरहीन बन्दै गएको हो । 

पर्यटन मन्त्रालयमार्फत प्रदेश नं १ सरकारले विनियोजन गरेको रु ३० लाख बजेटबाट निर्माण शुरु गरिएको पदमार्ग निर्माण सम्पन्न नहुँदै भासिएको छ । छेउपट्टि फलामे रेलिङ तथा बाहिरी भागमा बगैँचासमेत रहने पदमार्गको १०० मिटर लम्बाइ र पाँच मिटर चौडाइ निर्माण शुरु गरिएको हो । निर्माण सम्पन्न नहुँदै भासिएको पदमार्गमा उपभोक्ता समितिले टाल्ने काम मात्र गर्न लागेको स्थानीयवासीले आरोप लगाएका छन् । “निर्माण उपभोक्ता समितिका पदाधिकारीले कमाइ खाने योजनाका साथ गुणस्तरहीन काम गर्दा यस्तो भएको हो”,नाम नभन्ने शर्तमा एक स्थानीयवासीले भने, “यसप्रति सम्बन्धित निकायको ध्यान जान जरुरी छ । तत्काल सुधार नगरिए कमजोर संरचना निर्माण हुन्छ ।”

उपभोक्ता समितिले पदमार्ग निर्माणका लागि जमीन सम्याउँदा निस्किएको ‘फिलिङ’ माटोमाथि पर्खाल लगाएर ढलान गरेकाले सम्पन्न नहुँदै भासिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताउनुभयो । “हलेसीलाई कसैले कमाइ खाने ठाउँ बनाउनुहुन्न”,उहाँले भन्नुभयो, “भासिएको ढलान पूरै उप्काएर पुनः नयाँ ढलान गर्न उपभोक्ता समितिलाई निर्देशन दिएको छ |  निर्माणको काम अन्तिम चरणमा पुगेको पदमार्गको पूरै भाग भासिएपछि उपभोक्ता समितिकोचर्को आलोचना हुन थालेको छ । मन्दिर व्यवस्थापन समितिले निर्माण गरेको पदमार्ग हटाएर पुनःनिर्माण शुरु गरिएको पदमार्गको बाहिरी भागमा विभिन्न प्रजातिका फूलको बगैँचा बनाउने योजना छ ।  

निर्माणाधीन पदमार्ग लगातारको वर्षाका कारण आएको बाढी पसेपछि भासिएको उपभोक्ता समितिका अध्यक्ष देवराज राईले बताउनुभयो । “हामीले गुणस्तरीय नै काम गरेका छौँ”, उहाँले भन्नुभयो, “लगातारको भारी वर्षाका कारण ढलान गरिएको भाग भासिएको छ । उक्त ठाउँमा पुनः निर्माण गर्ने तयारी गरिएको छ ।”गत असारभित्रै सम्पन्न गर्नुपर्ने उक्त योजनाको काम अहिलेसम्म पनि सम्पन्न नहुँदा हलेसी आउने भक्तजन तथा पर्यटकलाई समस्या भएको छ । निर्माणाधीन पदमार्गभरि निर्माण सामग्री थुपारिएकाले मन्दिर परिक्रमा गर्ने भक्तजनलाई समस्या भएको हो । 

बाह्रै महीना दर्शनार्थी तथा पर्यटकको भीड लाग्ने हलेसीमा साउन लागेसँगै ‘बोलबम’ मेला शुरु भएको छ । महीना दिनसम्म लाग्ने बोलबम मेलामा विशेषगरी हिन्दू धर्मावलम्बीको भीड लाग्ने गरेको छ । बोलबममा मेला भर्न आउने भक्तजन खाली खुट्टा हिँडेर मन्दिर परिक्रमा गर्ने हुँदा समस्या हुने भएको स्थानीयले बताएका छन् । यस वर्ष गत वर्षको तुलनामा भक्तजनको भीड नरहेको महन्त गोपाल गिरीले बताउनुभयो । 

लामो समयको खडेरीपश्चात् परेको अविरल वर्षाका कारण आएको बाढी–पहिरोले सडकमा क्षति पुगेपछि यस वर्ष दर्शनार्थी घटेको जनाइएको छ । अवरुद्ध सडक तीन दिनअघिदेखि मात्र पुनः सञ्चालनमा आएकाले अर्को हप्ताको सोमबारदेखि हलेसीमा भक्तजनको भीड लाग्ने अनुमान गरिएको छ । 

अवरुद्ध सडक पुनः सञ्चालनमा आए पनि अहिले हलेसी आउने भक्तजन तथा पर्यटकको सङ्ख्या न्यून रहेको होटल व्यवसायीको भनाइ छ । बोलबम मेलाका लागि तयारी गरिएको होटल अहिले खाली रहेको छ  |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य