२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

सडक दुर्घटनामा २८ भारतीय तीर्थयात्री घाइते

२०७६, ६ श्रावण सोमबार १०:३४

साउन ६, महोतरी  | जिल्लाको बर्दिवास नगरपालिका–५ टुटेश्वरस्थित श्रीटुटेश्वरनाथ महादेवको दर्शन गरेर फर्कँदै गरेका २८ भारतीय भक्तजन सडक दुर्घटनामा घाइते भएका छन् । साउने सोमबारे मेलाको अवसरमा मन्दिरको दर्शन गरेर फर्कने क्रममा उनीहरू महोत्तरीमा सडक दुर्घटनामा घाइते भएका हुन् ।

टुटेश्वर मन्दिरबाट बर्दिवास आउने क्रममा पूर्व–पश्चिम राजमार्गको वनक्षेत्रमा भारतीय यात्रु चढेको ना ४ च १०९९ नं को पिकअप भ्यान आज सोमबार दिउँसो पल्टेको हो । घाइते यात्रुको बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा उपचार शुरु गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक निशान थापाले जानकारी दिनुभयो । 

घाइते सबै महोत्तरीकै सीमावत्र्ती भारतीय जिल्ला सीतामढीको सुरसण्ड प्रखण्डमा पर्ने बघारी गाउँका भएको पुष्टि भएको छ । सोमबारे मेलामा सिन्धुली जिल्लाको लङ्गुरखोलास्थित दूधेश्वरनाथ महादेवको दर्शन गरेर भारतीय भक्तजन टुटेश्वर पुगेका थिए ।  सामान ओसार्ने पिकअपमा कोचाकोच यात्रु राखेर फर्किएको सो गाडी पूर्व–पश्चिम राजमार्ग नपुग्दै वनक्षेत्रमा पल्टेको प्रहरीले जनाएको छ ।

गाडी पल्टनेबित्तिकै चालक फरार भएका थिए ।  सहचालक सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राइटरखोरका ३० वर्षीय वीरेन्द्रसिंह घाइते भएका छन् । घाइते तीर्थयात्रीमा १० वर्षीया बालिका काजलकुमारीसहित ११ महिला छन् । घाइतेमध्ये सातको अवस्था गम्भीर रहेको चिकित्सकलाई उद्धृत गर्दै प्रनाउ थापाले बताउनुभयो ।

टुटेश्वरनाथबाट फर्केको पिकअप तीव्र गतिमा हुइँकिँदा आफूलाई डर लागेर विस्तारै चलाउनोस् भन्दा चालकले झन् हौसिएर गुडाउँदा गाडी पल्टेको तीर्थयात्री समूहकै ३५ वर्षीय सिल्टु साहले बताउनुभयो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते