२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

द्वन्द पीडितको पीडाः ‘हामीलाई न्याय चाहिन्छ’

२०७६, ६ श्रावण सोमबार १०:४७

राजेन्द्रप्रसाद पनेरु | साउन ६, कंचनपुर  | कन्चनपुरको कृष्णपुर नगरपालिका–८ रैकवार बिचवाका ७२ वर्षीय राजबहादुर चौधरीका आँखमा अझै आँशु थामिएका छैनन् । सशस्त्र द्वन्दका बेला हराएका छोरा नफर्किँदा चौधरी निकै दःुखी छन् । 

अठार वर्षकै उमेरमा विद्रोहीको आरोपमा उहाँका छोरालाई खाना खाईरहेका बेला तत्कालीन सुरक्षा फौजले नियन्त्रणा लिएर लगेपछि अहिलेसम्म अत्तोपत्तो छैन । “गाउँ नजिकैको वडा कार्यालयको परिसरमा युवा बसेको देख्दा छोरा आएको छ कि भनेर हेर्न जान्छु तर छोरा फेला नपार्दा आँखाभरी आँशु लिएर घर फर्किन्छु”, उहाँले भन्नुभयो । 

“सरकारले बेपत्ता छोराको क्षतिपूर्तिवापत रु १० लाख रकम दिएको छ । यस रकमले मेरो छोरा फिर्ता भएन । बेपत्ता बनाउने माथि कारवाही हुनुपर्छ । हामीलाई न्याय चाहिन्छ”,उहाँले भन्नुभयो । 

सशस्त्र द्वन्दका क्रममा सुरक्षाकर्मीले छोरीलाई घर नजिकैबाट सोधपुछका लागि भन्दै लगेपछि अहिलेसम्म पत्तो लाग्न सकेको छैन कृष्णपुर– ३ देखतभूली कटानका लक्ष्मी चौधरीले भन्नुभयो, “छोराको लाश या सास चाहियो भनेर धेरै पटक करायौं तर केही भएन । सरकारी पक्षबाट पाउने सहयोगसमेत पाइएको छैन ।”

“जनताको शासनका लागि लडेको पार्टीले शहीदको बलमा गणतन्त्र ल्यायो । संविधान बनायो । अब जनताका लागि लड्नेका लागि केही गर्छकी भन्ने लागेको थियो । सत्तामा पुगेपछि सबै शहीदको बलिदानलाई बिर्सोका छन्”,उहाँले भन्नुभयो । 

स्थानीय तहमा स्वरोजगारमुखी तालीम, अनुदान, उन्नत पशुपालन, कृषि व्यवसायलगातका कार्यक्रम आउने गरे पनि द्वन्दपीडितलाई समावेश गराउने कार्य हुदैन् । भए पनि थोरैले मात्रै यसबाट लाभ पाएको पीडितहरुको गुनासो छ ।  

“सशस्त्र द्वन्दका क्रममा हाम्रा छोराछोरी र श्रीमान्ले बलिदानी दिएका छन् । त्यसैले शासन परिवर्तन भएको हो । तपाईहरुले त्यसै अनुरुप चुनाव जित्नु भएको हो । शहीद, बेपत्ता र द्वन्दका क्रममा अङ्गभङ्ग भएका परिवारका लागि केही बजेट विनियोजन गरी आर्थिक अवस्थमा सुधार ल्याउने कार्यक्रम ल्याउनु प¥यो भनेर प्रदेशका मन्त्रीलाई भेटन जाँदा द्वन्द्व त उहिल्यै सकियो । अहिले को छ द्वन्दपीडित भनेर जबाफ पाइयो”, स्थानीवासी हीरा भण्डारीले भन्नुभयो ।

 उहाँले भन्नुभयो, “व्यर्थै हाम्रा आफन्तले बलिदानी दिएका रहेछन् । सरकारले सम्झनसमेत छाडेकोमा ठूलो दुःख छ ।” पहिचान मेटिने गरी सरकार अगाडि बढेकोमा चिन्ता व्यक्त गर्दै उहाँले शहीदका बारेमा चोक, स्मारक, सङ्ग्रहालय, द्वन्दका शहीदको बारेमा कुँदिएका स्तम्भसमेत राख्न कन्जुस््याई गरिएकोमा दुःख व्यक्त गर्नुभयो । सरकारले द्वन्दप्रभावित परिवारलाई न्याय दिनका लागि बेपत्ता परिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेपछि बेपत्ता परिवारको वास्तविक अवस्थाका बारेमा जानकारी हुने र द्वन्द्वका दोषिमाथि कारवाही हुनेमा केही आशा पलाएको भए पनि आयोगले तथ्याङ्क सङ्कलन बाहेकका कार्य अगाडि बढाउन नसकेकोप्रति द्वन्द्वपीडित परिवार असन्तुष्ट देखिएका छन् । 

 द्वन्द्वका क्रममा बेपत्ता पारिएका परिवारले आयोग बनेपछि न्याय पाउने आशा गरे पनि आयोगका पदाधिकारीसँग कार्यकुशलता नहँुदा चार वर्षको पदावधि खेर गएको न्यायका लागि द्वन्द्वपीडित समाज नेपालका अध्यक्ष धर्मबहादुर चौधरीले बताउनुभयो ।

 नियुक्त गरिएका आयुक्तले सङ्क्रमणकालीन न्यायका बारेमा नबुझेका र राजनीतिक भागबण्डामा आएकाले कार्य गर्न नसकेको उहाँले बताउनुभयो । सरकारले आयोग देखाउछ उहाँले भन्नुभयो, “आयोगमा आयुक्त नियुक्त भएका छैनन् । आयुक्त सिफारिस गर्ने समिति मात्रै बनेको छ । आयोग सफल भएनन् । उजुरी थन्क्याउने र विवरण सङ्कलनमा मात्रै सीमिति रह्यो ।”

“दयामाया चाहिदैन, हामीलाई न्याय दिनु प¥यो । तीन तहको सरकार अनुरुप द्वन्द्वपीडित परिवारलाई तीनै तहमा प्रतिनिधित्वसहितका कार्यक्रम ल्याउनु प¥यो” उहाँले भन्नुभयो । बेपत्ता तथा द्वन्द्वपीडित परिवारले सरकारको कार्यशैलीका कारण अनिर्णयको बन्दी भएको बताएका छन् ।

 विगतमा आयोग गठन भएपछि निकै आशा रहे पनि बेपत्ता परिवारको अवस्था बुझ्न र द्वन्द्वका क्रममा बलिदान दिएका परिवारको अवस्थासमेत नबुझिएकोप्रति द्वन्द्वपीडित परिवार आक्रोसित बनेका छन् । राज्य, सत्तापरिवर्तन गर्नका लागि प्राणको आहुति दिएका र बेपत्ता बनाइएका परिवारलाई हालसम्म सरकारले रोजगारी, सीपमूलक तालीम र व्यावसायिक योजना नल्याउँदा आर्थिक अभाव झेल्दै आएका छन् । 

“यो सरकार हाम्रौ हो भन्ने आभास छैन । बिरामी हँुदा सिटामोलसमेत पाइएको छैन । जनप्रतिनिधिले उपचार खर्चसहित तलब थाप्न थालेका छन् । तर द्वन्द्वमा सहभागी उपचार नपाएर घरभित्रै पीडा सङ्गालेर बस्नु परेको छ”, वसन्ती चौधरीले भन्नुभयो । 

द्वन्द्वपीडित परिवारले विभिन्न समयमा सरकारसँग भएका सम्झौता अनुरुप र द्वन्द्वपीडित वडा पत्रमा उल्लेख गरिएका २३ वटा बुँदा पूरा गर्न माग गरेका छन् । द्वन्द्वपीडितका समग्र प्रक्रिया र संयन्त्रमा उनीहरुको अनिवार्य र अर्थपूर्ण सहभागिता हुनुपर्नेमा द्वन्द्वपीडित परिवारको जोड छ । न्यायका लागि द्वन्द्वपीडित समाज नेपालका अनुसार तत्कालीन अवस्थामा कञ्चनपुरमा राज्य र विद्रोही पक्षबाट गरी १०१ जना बेपत्ता रहेका छन् । तीमध्ये सरकारका तर्फबाट ५० जनाले रु १० लाखका दरले राहत रकम पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी