२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा हत्या भएको नौ वर्षसम्म हत्यारा पत्ता लागेन

७ श्रावण २०७६, मंगलवार ०४:४२

साउन ७, दाङ |  दाङका सञ्चारउद्यमी हेमराज धितालको हत्या भएको नौ वर्ष पुग्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । दाङ तुलसीपुरबाट सञ्चालित रेडियो तुलसीपुरका तत्कालीन अध्यक्ष धितालको हत्या भएको सोमबार साउन ६ गते नौ वर्ष पूरा भएको छ । 

तत्कालीन संविधानसभा चुनावको प्रचारप्रसार गरेर फर्कने क्रममा विसं २०६७ साउन ६ गते धितालको हत्या भएको थियो । काङ्ग्रेसको चुनाव प्रचार सकेर फर्कने क्रममा राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१२ हेमनगरमा अज्ञात समूहले गोली हानी हत्या गरेका थिए ।

त्यही दिनलाई सम्झेर प्रत्येक वर्ष साउन ६ गते देवीप्रसाद धिताल (हेमराज) प्रतिष्ठानले अन्तक्र्रिया कार्यक्रम गर्ने गर्छ । यस्ता कार्यक्रम धितालका परिवार तथा आफन्तलाई खाटो परेको घाउलाई कोट्याउनुभन्दा कुनै उपलब्धि भएको छैन । आफन्तले हेमराजको सम्झनामा आँशु बगाउन थालेको नौ वर्ष भयो । तर, उपलब्धि भने हुनसकेको छैन । हेमराजको हत्या भएको केही दिनमा प्रहरीले ९८ प्रतिशत अनुसन्धान पूरा भएको बताएको थियो, तर त्यही बाँकी दुई प्रतिशतमा अनुसन्धान अड्किएको छ । त्यही दुई प्रतिशत अनुसन्धानको प्रतीक्षामा रहेका छन् आफन्तहरु ।

 धितालकी श्रीमती मञ्जु धितालले गहभरि आँशु झाँदै भन्नुभयो, “हामीले उहाँलाई गुमाएको नौ वर्ष भयो, तर अझै पनि हत्यारा पत्ता लाग्न सकेको छैन ।” उहाँले यति भनिरहँदा प्रतिष्ठानले तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा सहभागी भावविह्वल भएका थिए । “१० दिन, एक महीना भन्दाभन्दै नौ वर्ष बितिसक्यो, प्रहरीले हामी घटनाको सत्यतथ्य पत्ता लगाउने कार्यमा अन्तिम अवस्थामा पुगिसकेका छौँ, भन्नुहुन्थ्यो”, उहाँले भन्नुभयो, “तर अहिलेसम्म पनि पत्ता नलाग्दा हामी परिवारलाई थप पीडा भएको छ ।”

 यस विषयमा आफूहरुले अध्ययन गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताउनुभयो । “हामीले अहिले नै कसैलाई पनि तँ अपराधी होस्, भनेर भन्न सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “हामीले प्रमाणाका आधारमा भन्नुपर्छ, यस विषयमा हामीले थप अनुसन्धान गर्नेछौँ ।”

 उक्त घटनामा साक्षी कोही पनि नभएको र घटनाको अनुसन्धान गर्ने आधार भनेको आर्थिक कारोवार र शरीरमा रहेको बन्दुकको गोली नै त्यसको प्रमाण भएको भन्दै यसमा केही समयपछि अनुसन्धान गर्ने बताउनुभयो । उक्त अनुसन्धानको फाइल पनि विसं २०७४ माघमा ‘हेडक्वार्टर’मा पुगिसकेको उहाँको भनाइ छ । हेमराजकै हत्या भएको स्थानमा केही दिनअघि मात्रै अर्को घटना भएको भन्दै त्यो घटनाको अनुसन्धान सकिएपछि पुनः हेमराजको घटनाको अनुसन्धानलाई अघि बढाउने प्रहरी उपरीक्षक पाण्डेको भनाइ छ ।

 हेमराजको मृत्यु भएको दिनमा चर्का–चर्का भाषण गर्न थालेको नौ वर्ष बिते पनि हत्यारा पत्ता नलाग्नु दुःखद् पक्ष भएको प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले बताउनुभयो । उहाँले यस घटनाका दोषीलाई पहिचान गरी कारवाहीका लागि सरकारी पक्षबाट आवश्यक पर्ने जनशक्ति खटाउन पहल थाल्ने बताउनुभयो । “यदि जनशक्ति अभावले अनुसन्धानलाई समस्या भएको हो भने म जनशक्ति व्यवस्था गर्न पहल गर्छु”, उहाँले भन्नुभयो, “तर यो अनुसन्धानलाई यथाशीघ्र अघि बढाउनुप¥यो ।”

 त्यस अवसरमा प्रमुख जिल्ल अधिकारी गोविन्द रिजालले अनुसन्धान भइरहेको र पीडितपक्षले पनि पटक–पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइराख्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य