2026-07-10 01:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाग्लुङका तीन बालकको उद्धार पछि आफन्तको जिम्मा

2019-07-23

साउन ७, पोखरा  | गण्डकी प्रदेशको राजधानी पोखराका विभिन्न होटलमा बालश्रमिकको रूपमा काम गर्दै आएका बागलुङका तीन बालकको उद्धारपछि आफन्तको जिम्मा लगाइएको छ । 

पोखराका विभिन्न होटलमा भाँडा धुने, पोछा लगाउने, सामग्री ओसारपसार गर्नेलगायतका काममा लगाई श्रमशोषण गरिएको भन्ने सूचनाका आधारमा श्रम तथा रोजगार विभाग कास्कीले तीन बालकको उद्धार गरेको थियो । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–७ का १३ वर्षीय विक्रम नेपाली, १५ वर्षीय राजु नेपाली र १४ वर्षीय प्रकाश नेपालीको उद्धारपछि उनीहरूलाई जिल्ला प्रशासन कार्यालय बागलुङको रोहवरमा सोमबार आफन्तको जिम्मा लगाइएको हो । 

श्रम तथा रोजगार विभाग कास्की पोखराले असार २३ गते पोखराका विभिन्न होटलबाट ती बालकको उद्धारपछि ‘सेफहाउस’मा राखिएका बालकलाई आफन्तको जिम्मा लगाइएको हो । बालकसहित उनीहरुले होटलमा काम गर्दा पाएको न्यूनतम पारिश्रमिकसहित जिल्ला प्रशासन कार्यालयको रोहवरमा आफन्तलाई जिम्मा लगाइएको श्रम तथा रोजगार विभाग कास्कीका शाखा अधिकृत विन्दुकला भण्डारीले जानकारी दिनुभयो । विक्रम नेपालीले विगत १५ महीनादेखि, राजु नेपालीले आठ महीना र प्रकाश नेपालीले १८ महीनादेखि बालश्रमिकको रूपमा पोखराका विभिन्न होटलमा काम गर्दै आएका थिए । विभागले होटलको नाम भने खुलाएको छैन । होटलहरुलाई बाल श्रमशोषण गरेकामा कारवाहीका लागि समेत प्रक्रिया अगाडि बढाइएको भण्डारीले जानकारी दिनुभयो ।

 होटलले न्यूनतम पारिश्रमिकवापत विक्रमलाई रु ६८ हजार, राजुलाई रु ५० हजार र प्रकाशलाई रु ६६ हजार प्रदान गरेको थियो । उनीहरुले पाएको न्यूनतम पारिश्रमिक उमेर पुगेपछि निकाल्ने गरी गण्डकी विकास बैंक बागलुङको बचत खातामा राखिएको जिल्ला प्रशासन कार्यालय बागलुङका निमित्त प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो