२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीमा चट्याङ्बाट दुई जनाको मृत्यु

२०७६, ७ श्रावण मंगलवार ०७:५२

साउन ७, सप्तरी | आज बिहान सप्तरीमा मेघगर्जनसँगै वर्षासँगै परेको चट्याङ्मा परेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको सुरुङ्गा नगरपालिका–३ बस्ने ५५ वर्षीय हरिहर चौधरी र हनुमाननगर कङ्कालिनी नगरपालिका–११ का ४५ वर्षीया शिवसती देवी पण्डित रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो ।  

खेतमा काम गरिरहेको अवस्थामा चौधरीको र खेतबाट घर फर्किने क्रममा पण्डितको चट्याङ् लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । चट्याङ् लागेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि तत्कालै सप्तऋषि अस्पताल लहान लगेकामा उपचारका क्रममा मृत्यु भएको छ ।

 खेतमा काम गरिरहेका आफ्ना पतिलाई खाना पु¥याएर घर फर्कने क्रममा चट्याङ् लागेर पण्डितको ज्यान गएको प्रहरी नायब उपरीक्षक रिमालले जानकारी दिनुभयो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते