४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा निर्माण कार्य नसकिदै भत्कियो क्षेत्रीय खेलमैदानको पर्खाल

७ श्रावण २०७६, मंगलवार ०९:५३

सम्राट सिंह  | साउन ७, बझाङ  | जिल्लाको जयपृथ्वी नगरपालिका ११ भोपुरको श्री सत्यवादी उच्च माध्यामिक विद्यालयमा  निर्माण हुन थालेको क्षेत्रीय खेलमैदानको पर्खाल भत्किएको छ ।

सामाजिक विकास मन्त्रालयबाट विनियोजित २० लाख लागतमा निर्माण हुन थालेको उक्त निर्वाचन क्षेत्रीय खेलमैदानको पर्खाल निर्माण कार्य नसकिदै भत्किएको हो ।

उक्त खेलमैदान जयपृथ्वी नगरपालिका ११ का वडा अध्यक्ष केश बहादुर रोकाया, स्थानिय पार्वती जोशी, दिपक राम जोशी र रेडक्रसका मन्त्री इश्वरनाथ जोशी गरी ४ जनाको निर्माण समिति गठन गरी निर्माणको जिम्मा दिइएको थियो । 

निर्माण हुन थालेको खेलमैदानको पर्खाल भत्किएपछि सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी आएका छन । जयपृथ्वी नगरपालिका भोपूरका स्थानियबासी तथा प्राविधिक हरिशंकर जोशीले निर्माण कार्य नसकिदै पर्खाल भत्किएको बारे सामाजिक संञ्जालमा “खेलमैदानको पर्खाल कसको कमजोरी कारण भत्केको हो आवश्यक छानविन गरी दोषिलाई कडा कारबार्हिको माग गरेका छन” |  

खेलमैदान निर्माण समितिका सदस्य दिपकराम जोशीले भने निर्माण समितिले पनि स्थानिय दिनेश रोकायालाई निर्माणको जिम्मा दिएका थियौ, भत्किएको पर्खाल पुनः निर्माण गरेपछि मात्र रकम भुक्तानी दिइनेछ । 

सामाजिक मन्त्रालयबाट जिल्लाका २ वटा निर्वाचन क्षेत्रमा एक –एक वटा खेल मैदानका लागि रकम विनियोजन भएको थियो । जसमा क्षेत्र नम्बर १ को जयपृथ्वी नगरपालिका ११ को भोपुरमा र क्षेत्र नम्बर २ को बित्थड चिर गाउँपालिकामा खेलमैदान निर्माण कार्य अघि बढेको थियो ।

४ जनाको खेलमैदान निर्माण समिति गठन गरी निर्माण कार्य अघि बढाएका थियौ सत्यवादी उच्च माध्यामिक विद्यालयका प्राचार्य रामदत्त जोशीले भने पर्खाल निर्माण गर्ने क्रममा पर्खाल भत्किएको हुँदा निर्माण समितिले भत्किएको पर्खाल पुनः निर्माण गरे पश्चात मात्र रकम भुक्तानी दिइने बताए ।  

तस्बिरमा : जिल्लाको जयपृथ्वी नगरपालिका ११ भोपुरमा अवस्थित श्री सत्यवादी उच्च माध्यामिक विद्यालयमा निर्माण भइरहेको खेलमैदानको पर्खाल भत्किएको |  तस्बीर : सम्राट सिंह 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ