२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

छड्के अनुगमनमा २१ कर्मचारी अनुपस्थित

७ श्रावण २०७६, मंगलवार १०:५८

साउन ७, रुपन्देही  | प्रदेश नं ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यातायात व्यवस्था कार्यालयको आज छड्के अनुगमन गर्दा २१ कर्मचारी अनुपस्थित रहेको पाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट खटिएका छुट्टाछुट्टै टोलीले यातायात व्यवस्था कार्यालय सवारी शाखा मणिग्राम र लाइसेन्स शाखा बुटवलमा छड्के अनुगमन गरिएको थियो । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवं प्रवक्ता वसन्त अधिकारीले ३२ जना दरबन्दी रहेको यातायात व्यवस्था कार्यालय मणिग्राममा कार्यालय प्रमुख मुक्ति पाण्डेसहित १० कर्मचारी अनुपस्थित रहेको र २९ जना दरबन्दी रहेको लाइसेन्स शाखा बुटवलमा ११ कर्मचारी अनुपस्थित रहेको जानकारी दिनुभयो । 

अनुगमनका क्रममा कार्यालयका कर्मचारीले परिचयपत्र र पोशाक नलगाएको र समयमा कार्यालयमा उपस्थित नभएको पाएकाले स्पष्टीकरण सोधिने र स्पष्टीकरण प्राप्त भएपछि कर्मचारी नियमावलीअनुसार अरु प्रक्रिया अघि बढाइने प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य