2026-07-08 09:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुराको मार्तडी–कोल्टी सडक दुई साता बित्दा पनि खुलेन

2019-07-24

साउन ८, बाजुरा  |  बाजुरा जिल्लाको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक अविरल वर्षाका कारण अवरुद्ध भएको दुई साता बित्दा पनि खुलेको छैन । लगातारको वर्षाका कारण उक्त सडकसहित विभिन्न ग्रामीण सडक अवरुद्ध बनेका छन् ।

 मार्तडीबाट कोल्टीसम्म दैनिकरूपमा सञ्चालन हँुदै आएका सवारीसाधन ठप्प भएका छन् । मार्तडी–कोल्टी सडक अवरुद्ध बनेपछि उत्तरी भेगका स्थानीयवासी पैदलयात्रा गर्न बाध्य छन् । दैनिकरूपमा पानी पर्न थालेपछि मार्तडी–कोल्टी सडकमा पर्ने बाउलीखोला, अनैखोला, जिल्ली र रजातोलीका रहेका खहरेखोलामा आउने बाढी र सडकमा पहिरो आएपछि उक्त क्षेत्रमा चल्ने मालवाहक तथा जिपहरु बन्द भएको जयमालिका यातायात बाजुराका उपाध्यक्ष पृथ्वी रावलले बताउनुभएको छ । 

उहाँले अविरल वर्षाका कारण जिप उत्तरी भेगमा सञ्चालनमा नआएकाले व्यवसायी मारमा परेको बताउनुभयो । पानी आएपछि माथिबाट पहिरो खस्ने भएकाले मार्तडी–घटमुना सडकसमेत अवरुद्ध बनेको उपाध्यक्ष रावलको भनाइ छ । यस्तै ग्रामीण भेगमा काटिएका सडक पनि अवरुद्ध बन्दै गएका छन् । 

जिल्लामा जथाभावीरूपमा खनिएका सडकका कारण पहिरोको उच्च जोखिममा रहेको जिल्ला दैवी प्रकोप उद्धार समिति बाजुराले जनाएको छ । सदरमुकाम जोड्ने मुख्य सडकका रूपमा साँफे–मार्तडी राजमार्गका विभिन्न ठाउँमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बताउनुभएको छ । प्रजिअ न्यौपानेका अनुसार सानातिना पहिरो पन्छाउन दुई जेसिबी जिल्लामा राखिएका छन्, एक्कासि ठूलो पहिरो आए मात्र सडक अवरुद्ध भएर यातायातका साधन चल्न सक्तैनन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो