2026-09-14 09:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाग्लुङमै थाइराइड परीक्षण शुरु

साउन ८, बाग्लुङ | थाइराइड जाँचको लागि रगतको नमूना पोखरा पठाउनुपर्ने बागलुङवासीको बाध्यता अब हटेको छ । धौलागिरि अञ्चल अस्पतालले मङ्गलबारदेखि थाइराइड परीक्षण तथा उपचार सेवा शुरु गरेको छ ।

थाइराइड सेवाको गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा र बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले संयुक्तरुपमा शुभारम्भ गर्नुभयो । बागलुङ नगरपालिका–४ कि विष्णु सापकोटाले प्रयोगशालाबाट पहिलो सेवा लिनुभएको थियो ।

सोही अवसरमा प्रदेशसभा सदस्य सापकोटालगायतको पनि थाइराइड परीक्षण गरिएको थियो । अत्याधुनिक उपकरण भित्र्याएर थाइराइड सेवा शुरु गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बी पोखरेलले बताउनुभयो ।

“ढिलै भए पनि थाइराइड सेवा शुरु गरेका छौँ”,उहाँले भन्नुभयो, “थाइराइड जाँचका लागि पोखरा धाउनुपर्ने, तीन-चार दिन कुर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।”

उहाँका अनुसार रगतको नमूना लिएको भोलिपल्ट परीक्षणको ‘रिर्पोट’आउनेछ । परीक्षणपछि थाइराइडको अवस्था हेरेर बिरामीको औषधि उपचार गरिने डा पोखरेलको भनाइ छ ।

सेवा शुभारम्भपछि अस्पतालले गुणस्तरीय सेवामा जोड दिनुपर्ने बागलुङ नगरपालिकाका प्रमुख पौडेलले बताउनुभयो । गण्डकी प्रदेशसभा सदस्य सापकोटाले अस्पतालमा पूर्वाधार, जनशक्ति र उपकरण चुस्त हुनुपर्ने धारणा राख्नुभयो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले व्यवस्थापकीय सुधारसँगै सेवाको गुणस्तर बढाइएको बताउनुभयो । मङ्गलबार नै अस्पतालमा स्थापना भएको स्तनपान कक्षको पनि शुभारम्भ गरिएको थियो ।अस्पतालमा आउने महिलालाई स्तनपानका लागि सहजता होस् भनेर छुट्टै कक्ष बनाइएको हो । कक्षमा एकैसाथ दश जना महिलाले आफ्ना शिशुलाई स्तनपान गराउन सक्नेछन् । अस्पताल, विमानस्थल लगायतका सार्वजनिक ठाउँमा स्तनपान कक्ष बनाउनुपर्ने सरकारी नीति छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले