२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पामा दुई सातादेखि सडक अवरुद्ध

२०७६, ८ श्रावण बुधबार ०७:५९

साउन ८, पाल्पा  | वर्षाका कारण पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा जोखिम बढेको छ । विभिन्न स्थानमा खसेको पहिरोले घरगोठ बगाउने तथा पुरिने खतरा बढेको छ । 

मोटरबाटो चौडा गर्न डोजर लगाएपछि फोक्सिङकोटको रानीवासको लम्भार क्षेत्रमा पहिरो गएको छ । वर्षाले बस्तीदेखि तल रहेको बारीमा पहिरो गएपछि जोखिम बढेको वडासचिव धनकुमारी सारुले बताउनुभयो । “गाउँमा पहिरोको जोखिम बढेको छ, डर र त्रासका साथ घरमा बस्न बाध्य छौँ, अन्यत्र जाने ठाउँ पनि छैन”,सारुले भन्नुभयो । फोक्सिङकोटको ढुङ्गेमा गएको हप्ता वर्षाले एक पाडी र ११ कुखुरा मरेको थियो । 

कुखराको खोर र गोठमा भलसहितको पानी पसेपछि जोेखिम बढेको स्थानीय हुमहादुरले शाहीले बताउनुभयो । वर्षाको भल पसेपछि गोठको गारो झ्याल भत्कने अवस्थामा पुगेको उहाँले बताउनुभयो । वर्षाले फोक्सिङकोटको लाबेदेखि झोकेदी हँुदै सदरमुकाम तानसेन जाने सडक दुई सातादेखि अवरुद्ध छ । सडक अवरुद्ध हुन पुगेपछि गाउँमा खाद्यान्न अभाव सिर्जना हुन थालेको छ । 

 बिरामी, अशक्त, अति आवश्यक कामकाजका लागि अस्पताल तथा गन्तव्यस्थलसम्म पुग्न सडक अवरुद्ध हुँदा समस्या परेको साना हुँगी माविका सहायक प्रधानाध्यापक एवत सारुले बताउनुभयो ।

स्थानीयको सहभागितामा सडक कालोपत्रे

 रामपुरका स्थानीयको सहभागितामा सडक कालोपत्रे गर्ने काम सकिएको छ । करीब २०० उपभोक्ताको सहभागितामा रामपुर नगरपालिका–७ अन्तर्गत पर्ने कालीआँप आदर्शनगर सडकखण्डमा कालोपत्रे गर्ने काम सकिएको हो ।

आर्थिक वर्ष २०७५-०७६ मा नगरपालिकाको पाँच वटा सडक कालोपत्रे योजनामध्ये काम सम्पन्न भएको यो मात्र एउटा योजना हो । स्थानीय उपभोक्ताको रु २७ लाख ८५ हजा र नगरपालिकाको रु ६५ लाख गरी कूल रु ९२ लाख ८५ हजारको लागतमा ९३० मिटर सडकको कालोपत्रे सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष हुमबहादुर शाहीले बताउनुभयो । दैनिक सयौँको सङ्ख्यामा गाडी ओहोरदोहोर गर्ने यो सडक हिउँदमा धुलाम्य र वर्षायाममा हिलाम्य हुँदा स्थानीयवासीले सास्तीले खेप्दै आइरहेको टकादेवी भट्टराईले बताउनुभयो ।

“हिउँदमा धुलो उडेर घर बाहिर निस्केर बस्ने नसकिने, लुगा सुकायो पूरै धुलो टाँसिएर धोएको नधोइ हुन्थ्यो, हामी उपभोक्ताले रकम उठाएर सडक कालोपत्रे गरेपछि धुलो र हिलोबाट मुक्त भइएको छ”,उहाँले भन्नुभयो । नगरपालिकाको एक हजार १३५ मिटर सडक कालोपत्रे गर्ने योजना रहे पनि ९३० मिटरमा सम्झौता भएको काम सम्पन्न गरिएको र बाँकी २०५ मिटरका लागि आर्थिक वर्ष २०७६-०७७ को नगर सभाले रु १४ लाख रकम विनियोजन गरेको वडा अध्यक्ष तीर्थप्रसाद पङ्गेनीले बताउनुभयो ।

उपभोक्ताबाट केही रकम उठ्न बाँकी रहेकाले वित्तीय संस्थामा समितिको नाममा ऋण लिएर काम सम्पन्न गरिएको हो । दुवै भागमा नालीसहितको दश मिटर पक्की सडक निर्माण भएपछि आवजावतमा सहज भएको स्थानीय शोभा गौतम बताउनुभयो । 

आर्थिक वर्ष २०७५-०७६ मा कालीआँप आदर्शनगर  कालोपत्रे सडकसँगै रामपुर नगरपालिका–६ स्थित दुर्गामन्दिर ठूलो आली तालपोखरा कौँवा पुच्छार सडकका लागी रु ६५ लाख, वडा नं ४ को भीमसेनटोल कालोपत्रे योजनाका लागि रु २५ लाखको नगरस्तरीय योजना परेको छ ।

यस्तै वडा नं ५ को बेझाड बजारस्थित गणेश क्षेत्रीको घरको भित्री सडकका लागि रु १२ लाख र तिवारी इञ्जिनीयरिङदेखि देवकोटा अफसेट प्रेससम्म सडक कालोपत्रेका लागि रु १३ लाख रकम नगरपालिकाले विनियोजन गरेको थियो । अहिले यी सडकको कालोपत्रेको काम भइरहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ