२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

विराटनगरमा सर्पले डसेका बिरामीको चाप बढ्यो

८ श्रावण २०७६, बुधबार ०८:५५

साउन ८, विराटनगर  |  विराटनगरस्थित प्रदेशिक अस्पताल (कोशी)मा सर्पले डसेका बिरामीको चाप बढेको छ । अविरल वर्षापछि आएको बाढी र डुवानका कारण विगत १५ दिनयता सर्पले डसेका बिरामीको चाप अस्पतालमा बढेको हो ।

सर्पले डसेका बिरामीको सङ्ख्या दिनप्रतिदिन वृद्धि भइरहेको सो अस्पतालका आकस्मिक कक्षका प्रमुख डा सङ्ज्ञा ज्ञवालीले बताउनुभयो । गत वैशाखदेखि अहिलेसम्म ३१ जना सर्पले डसेका बिरामीको उपचार भएको बताउँदै उहाँले सर्पले डसेर उपचारका लागि अस्पताल आएका बिरामीमध्ये अहिलेसम्म कसैको मृत्यु नभएको जानकारी दिनुभयो ।

 उपचारका लागि अस्पतालमा आएका यस्ता बिरामीमध्ये पाँच प्रतिशत सर्प डसेको हुन सक्ने शङ्काका आधारमा आउने गरेकोे उहाँको भनाइ छ । समयमै उपचार नपाउँदा गत वर्ष सर्पले डसेको दुईजनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।  

सर्पले डसेका अधिकांश बिरामी ग्रामीण क्षेत्रबाट आउने गरेको जानकारी दिँदै डा ज्ञवालीले यस्ता बिरामीको उपचारका लागि औषधिको अभाव नरहेकोे बताउनुभयो । 

वर्षाको मौसममा सर्तकता अपनाउनु पर्ने, घर सफाइमा ध्यान दिनुपर्ने, दुलो टाल्नु पर्ने, राति सुत्दा झुल लगाएर मात्र सुत्ने र राति बाहिर निस्कँदा टर्चलाइट बालेर मात्र निस्कनुपर्ने सुझाव डा. ज्ञवालीको छ । 

सर्पले डस्ने बित्तिकै झारफुक गर्ने, डसेको ठाउँमा व्लेडले चिर्नेलगायतका कार्य नगरी तुरुन्त अस्पताल आउन उहाँले आग्रह गर्नुभयो । 

उहाँले जेठदेखि अहिलेसम्म २५ जना डेङ्गुका बिरामी उपचार गर्न आएको बताउनुभयो । उहाँले यस वर्ष झाडापखाला लागेर आउने बिरामीको सङ्ख्या गत वर्षभन्दा घटेको बताउनुभयो । झाडापखालाबाट बच्न सरसफाइमा ध्यान दिनुपर्ने, खानु अघि हात धोएर मात्र खाने, दूषित पानी नपिउने, बासी र सडेगलेका खानेकुरा नखाने, फलफूल र हरियो सागसब्जी सफा पानीले पखालेर मात्र खाएमा यसबाट सजिलै बच्न सकिन्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य