२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्णाली प्रदेश सरकारद्वारा सुर्खेतका ३४ घरपरिवारलाई पुनःस्थापना

९ श्रावण २०७६, बिहीबार ०३:५६

साउन ९, सुर्खेत (रासस) | कर्णाली प्रदेश सरकारले मङ्गलबार राति आएको बाढीबाट विस्थापित सुर्खेत उपत्यकाका ३३ घरपरिवारलाई पुनःस्थापना गरेको छ । बाढीले वीरेन्द्रनगर नगरपालिका–९ र १० सुर्खेतका बाढीपीडितलाई सरकारले उद्धार गरी बुधबार पुनःस्थापना गरेको हो । 

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी, सांसद पद्मा खड्का, कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले बुधबार नै बाढी प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको थियो ।

प्रभावित क्षेत्रमा पुगेको सरकारले बाढीले पारेको क्षतिको अवलोकन गरेको थियो । अवलोकनपश्चात डुबानमा परेका भू–भागका नागरिकलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उद्धारमा खटिएको ६५ प्रहरी टोलीले घटनास्थलबाट ३० व्यक्तिलाई उद्धार गरेको प्रवक्ता क्षेत्रीले बताउनुभयो ।

बाढीबाट वीरेन्द्रनगर–९ सुर्खेतका नौ घर डुबानमा, वडा नं १० स्थित देउती कृषि फार्म, एक बाच्छी र दुई गाई, ५०० कुखुरा, बङ्गुर, भाँडावर्तन, खाद्यान्नलगायत बाढीले बगाएर क्षति पुर्याएको प्रहरीले जनाएको छ । त्यसैगरी, नगरपालिकाको १२ वडास्थित अम्मरबहादुर तारामी मगरको मौरी ५० घार र ओमप्रसाद शर्माको ३० मौरी घार पूर्ण क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

त्यस्तै, सोही वडाका प्रतिमान कामीको डेढ कठ्ठा खेत, चक्रबहादुर गुरुङको भे१ह ३४२० नंको एक अटो ५० मिटर तल बीच खोलामा पुरिएर झण्डै रु पाँच लाख बराबरको क्षति भएको बताइएको छ । बाढीले सुर्खेतकै भेरीगङ्गा नगरपालिका अमिलाचौरका टीकाराम बस्यालको एकतले ढुङगा–माटोले बनेको घरमा क्षति पुग्दा रु एक लाख ५० हजार क्षति भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो