२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटका नदी र खोलामा भईरहेका नदीजन्य सामग्रीको अवैध उत्खनन नियन्त्रणमा कडाइ गरिने

९ श्रावण २०७६, बिहीबार ०४:०३

साउन ९, नुवाकोट (रासस) | नुवाकोटका नदी र खोलाबाट भइरहेको अवैध उत्खनन तथा सङ्कलनलाई कडाइका साथ नियन्त्रण गरिने भएको छ । विभिन्न स्थानमा अवैधरूपमा उत्खनन बढेको पाइएपछि बुधबार विदुरमा बसेको ‘जिल्ला अनुगमन तथा समन्वय समिति’को बैठकले त्यसको नियन्त्रणमा कडाइ गर्ने निर्णय गरेको हो ।

आमन्त्रित सदस्यका रूपमा बैठकमा सहभागी स्थानीय तहका जनप्रतिनिधिले हेभी उपकरण प्रयोग गरेर नदीजन्य सामग्री उत्खनन भइरहेको जनाएपछि सुरक्षाकर्मी परिचालन तथा कडाइका साथ कारवाही गरेर नियन्त्रण गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले जानकारी दिनुभयो । उहाँको अनुसार हेभी उपकरण प्रयोगमा बन्देज, मानिसमार्फत साबेल लगाएर भइरहेको उत्खनन र त्यसको ओसारपसार दिउँसोको समयमा मात्र गर्न दिने निर्णय भएको छ ।  

बैठकमा बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले अवैधरूपमा नदीबाट बालुवा उत्खननमा तस्करीको संलग्नताले नदीको प्रवाह परिवर्तनदेखि आपराधिक क्रियाकलापको समेत वृद्धि भएकाले त्यसलाई रोक्न प्रशासनको ध्यानाकर्षण गराउनुभयो । 

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले श्रमिक लगाएर हुने उत्खननको आडमा भइरहेको अवैध कार्य नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन गरिएकाले पूर्ण नियन्त्रणमा ल्याउन सारोकारवाला पक्ष सबैबाट सहयोगको प्रतिबद्धता आवश्यक रहेकामा जोड दिनुभयो ।

असारदेखि भदौसम्म (तीन महीना) हेभी उपकरण (स्काभेक्टर) प्रयोग गरेर नदीजन्य सामग्री (रोडा, ढुङ्गा, बालुवालगायत) उत्खनन गर्न नपाइने कानूनी व्यवस्था छ । स्थानीय तहले पनि नदीजन्य सामग्रीको उत्खननका लागि करको ठेक्का लगाउँदा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) मा यो तीन महीना उत्खनन नगर्ने शर्त उल्लेख गरेका छन् ।

बर्खायाम शुरु भएसँगै जिल्लाको त्रिशूली नदीसहित तादी, कोल्पु, लिखु, सलाखु, फलाखु, सामरीलगायतका खोलामा हेभी उकरण लगाएर अवैधरूपमा नदीजन्य उत्खनन कार्य बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान