४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङको बुङ्गल नगरपालिकाकि मृगौला पिडित कोपिलालाई कैदीबन्दीको आर्थिक सहयोग

९ श्रावण २०७६, बिहीबार ०५:१०

सम्राट सिंह | साउन ९, बझाङ्घ |  बुङ्गल नगरपालिका २ घर भएकि दुबै मृगौला पिडित २५ बर्षिय कोपिला धामीलाई जिल्ला कारागारका कैदीबन्दीहरुले आर्थिक सहयोग गरेका छन ।

दुबै मृगौला फेल भएर उपचारका लागि आर्थिक समस्यामा परेकी पिडित धामी काठमाडौँ  गएकी कोपिलालाई बझाङ जिल्लाकारका कैदी बन्दीहरुले ६ हजार ५ सय आर्थिक सहयोग गरेका हुन । 

विगत सात महिना देखि दुबै मृगौला फेल भएर उपचारका लागि काठमाण्डौको टिचिङ हस्पीटल पुगेकी कोपिलाको पैसाको अभावमा उपचार हुन सकेको थिएन । आर्थिक स्थिति कमजोर भएकी उनी पंैसाको अभावमा उपचार हुन नसकेपछि काठमाण्डौमा जीवन मरणको दोसाँधमा भौतारिरहेकी छिन ।

दुवै मृगौला फेल भएकी कोपिलाको उपचारका लागि उनका श्रीमान विर बहादुर धामी कहिले सडक पेटीमा त कहिले मन्दिरमा गएर दिनभर आर्थिक सहयोग माग्छन तर मागेको पैसा पनि बिहान बेलुकाको छाक टार्न ठिक्क हुने  गरेका उनका आफन्त प्रताप गुरुधामीले बताए । आर्थिक स्थिति साह्रै कमजोर भएकी मृगौला पिडित कोपिलाको उपचारका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गनुपर्ने उनको भनाइ छ । 

केहि हप्ता अगाडि सहयोगका लागि काठमान्डौ को एविसि टेलिभिजन बाट प्रसारित कार्यक्रम इन्द्रेणिमा पुगेकि कोपिलाले क्रार्यक्रममै आफुले भोगिरहेको दुःख कस्ट पोखेपछि देश बिदेश बाटकार्यक्रम हेर्ने दाताहरुबाट एकलाख भन्दा बढी सहयोग पाएको इन्द्रणि कार्यमका सञ्चालक कृष्णा बजागाइले बताए । त्यहि इन्द्रेणि कार्यक्रम हेरेर जिल्ला कारागारका कैदि बन्दीहरु मिलेर ६ हजार पाँच सय रुपयाँ सहयोग गरेको कैदि गोबिन्द कठायतले बताए । कैदिहरुले कोपिला जति दु:खि आफु नभएको भन्दै सानै रकम भएपनि उपचारको लागि केहि सहज होस भनेर सहयोग गरेको कठायतले बताए ।

काठमान्डौको महङ्गि खान बस्नलाइ पनि पैसा नभएर कोपिला र उनका श्रीमान बिर बहादुर धामी कहिले रोडमा त कहिले मन्दिरमा गएर सहयोग माग्छन कसैले दियो भने सात आट दिनमा एक दुईहजार हुन्छ ।

काठमान्डौको ठाउँमा मन्दिर र सडकमा बस्न खोज्दा पनि त्यहाँको समेतिले बस्न नदिने भएको हुदाँ  त्यो एकदुई हजार पनि कहिले खाएर त कहिले भोकै रहेर बाचिरहेको पिडित कोेपिलाले बताइन् ।

घरको आर्थिक अवस्था कमजोर भएका बिर बहादुरले घर जग्गा गाइ, भैसि पनि बेचिसकेका छन् । उनका एउटा दुई बर्ष र एउटा ४ बर्ष कि सानी दुई वटा छोरी छन् । छोरीलाइ माइति घरमा राखेर आफु सहयोग माग्दै उपचारका लागि काठमाडौँमै  छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ