2026-09-13 03:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङको बुङ्गल नगरपालिकाकि मृगौला पिडित कोपिलालाई कैदीबन्दीको आर्थिक सहयोग

सम्राट सिंह | साउन ९, बझाङ्घ |  बुङ्गल नगरपालिका २ घर भएकि दुबै मृगौला पिडित २५ बर्षिय कोपिला धामीलाई जिल्ला कारागारका कैदीबन्दीहरुले आर्थिक सहयोग गरेका छन ।

दुबै मृगौला फेल भएर उपचारका लागि आर्थिक समस्यामा परेकी पिडित धामी काठमाडौँ  गएकी कोपिलालाई बझाङ जिल्लाकारका कैदी बन्दीहरुले ६ हजार ५ सय आर्थिक सहयोग गरेका हुन । 

विगत सात महिना देखि दुबै मृगौला फेल भएर उपचारका लागि काठमाण्डौको टिचिङ हस्पीटल पुगेकी कोपिलाको पैसाको अभावमा उपचार हुन सकेको थिएन । आर्थिक स्थिति कमजोर भएकी उनी पंैसाको अभावमा उपचार हुन नसकेपछि काठमाण्डौमा जीवन मरणको दोसाँधमा भौतारिरहेकी छिन ।

दुवै मृगौला फेल भएकी कोपिलाको उपचारका लागि उनका श्रीमान विर बहादुर धामी कहिले सडक पेटीमा त कहिले मन्दिरमा गएर दिनभर आर्थिक सहयोग माग्छन तर मागेको पैसा पनि बिहान बेलुकाको छाक टार्न ठिक्क हुने  गरेका उनका आफन्त प्रताप गुरुधामीले बताए । आर्थिक स्थिति साह्रै कमजोर भएकी मृगौला पिडित कोपिलाको उपचारका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गनुपर्ने उनको भनाइ छ । 

केहि हप्ता अगाडि सहयोगका लागि काठमान्डौ को एविसि टेलिभिजन बाट प्रसारित कार्यक्रम इन्द्रेणिमा पुगेकि कोपिलाले क्रार्यक्रममै आफुले भोगिरहेको दुःख कस्ट पोखेपछि देश बिदेश बाटकार्यक्रम हेर्ने दाताहरुबाट एकलाख भन्दा बढी सहयोग पाएको इन्द्रणि कार्यमका सञ्चालक कृष्णा बजागाइले बताए । त्यहि इन्द्रेणि कार्यक्रम हेरेर जिल्ला कारागारका कैदि बन्दीहरु मिलेर ६ हजार पाँच सय रुपयाँ सहयोग गरेको कैदि गोबिन्द कठायतले बताए । कैदिहरुले कोपिला जति दु:खि आफु नभएको भन्दै सानै रकम भएपनि उपचारको लागि केहि सहज होस भनेर सहयोग गरेको कठायतले बताए ।

काठमान्डौको महङ्गि खान बस्नलाइ पनि पैसा नभएर कोपिला र उनका श्रीमान बिर बहादुर धामी कहिले रोडमा त कहिले मन्दिरमा गएर सहयोग माग्छन कसैले दियो भने सात आट दिनमा एक दुईहजार हुन्छ ।

काठमान्डौको ठाउँमा मन्दिर र सडकमा बस्न खोज्दा पनि त्यहाँको समेतिले बस्न नदिने भएको हुदाँ  त्यो एकदुई हजार पनि कहिले खाएर त कहिले भोकै रहेर बाचिरहेको पिडित कोेपिलाले बताइन् ।

घरको आर्थिक अवस्था कमजोर भएका बिर बहादुरले घर जग्गा गाइ, भैसि पनि बेचिसकेका छन् । उनका एउटा दुई बर्ष र एउटा ४ बर्ष कि सानी दुई वटा छोरी छन् । छोरीलाइ माइति घरमा राखेर आफु सहयोग माग्दै उपचारका लागि काठमाडौँमै  छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले