Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङका मिर्गौला पीडित श्रीसलाई आर्थिक सहयोग

२०७६, ९ श्रावण बिहीबार ०५:१४

साउन ९, कास्की  | दुवै मिर्गाैलामा समस्या आएर उपचाररत बागलुङको गलकोट नगरपालिका–२ नरेठाँटीका ३६ वर्षीय गमप्रसाद श्रीसमगरलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।  बागलुङ समाज, दक्षिण कोरियाका पूर्वअध्यक्ष यम श्रीस, मीन पुन, झरना पुन र मोन रानाको सक्रियतामा दक्षिण कोरियामा रहेका नेपालीले सङ्कलन गरेको रु दुई लाख १२ हजार पीडितलाई प्रदान गरिएको छ ।

 राजधानी काठमाडौँका विभिन्न अस्पतालमा उपचार गराएपछि उहाँ हाल पोखरामा रहेको यहाँको लेकसिटी हस्पिटल एण्ड रिसर्च सेन्टरमा नियमित डाइलासिस गराइरहनुभएको नेपाल पत्रकार महासङ्घ गण्डकीका सचिव रुद्र श्रीसले बताउनुभयो । सचिव श्रीस, बागलुङ–पोखरा मगर समाजका पूर्वअध्यक्ष एवं सल्लाहकार भीमबहादुर श्रीसलगायतको उपस्थितिमा पीडितलाई सो सहयोग रकम प्रदान गरिएको थियो ।

मिर्गाैला प्रत्यारोपणका लागि ठूलो धनराशि खर्च हुने भएकाले अर्थाभावका कारण उपचारमा समस्या भएको पीडित श्रीसले बताउनुभयो ।  यसअघि पनि जापानमा सङ्कलन गरिएको रु पाँच लाख ५० हजार सहयोग प्राप्त भए पनि चिकित्सकले मिर्गाैला प्रत्यारोपणका लागि रु ३० देखि ४० लाख खर्च हुने बताएकाले सहयोग रकम जुटेमा मिर्गाैला प्रत्यारोपणका लागि प्रक्रिया अघि बढाउने उहाँले उल्लेख गर्नुभयो ।

 नियमित डाइलासिस र थप उपचारमा आर्थिक समस्या भएकाले सहयोगका लागि उहाँले सबैसँग याचना गर्नुभएको छ । वैदेशिक रोजगारीमा रहेकै अवस्थामा स्वास्थ्यमा समस्या आएपछि स्वदेश फर्किएको र उपचारको क्रममा ठूलो धनराशि आवश्यक पर्ने भएकाले सहयोग गर्न चाहनेले उहाँको फोन नं ९८४८९५११३५ मा सम्पर्क गरेर सहयोग गर्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित