२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सिसि क्यामेरा जडान पछि चोरी सिकार शून्य

२०७६, ९ श्रावण बिहीबार ०६:२०

साउन ९, कंचनपुर  | कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जासुसी क्यामेरा जडान गरिएपछि चोरी सिकार शून्य भएको छ । निकुञ्जका चोरी सिकार हुनसक्ने सम्भावित दुई दर्जन बढी ठाउँमा क्यामेरा राखिएका छन् ।

“गत वर्ष क्यामेराकै सहायताले चोरी सिकारमा संलग्न तीन जनालाई समात्न सकेका थियौँ”,निकुञ्जका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीले भन्नुभयो, “क्यामेराको प्रभावकारिताका कारण यस वर्ष चोरी सिकारका मुद्दा शून्यमा झरेका छन् ।”

निकुञ्जमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्नका लागि क्यामेरामा कैद भएका तस्वीरका आधारमा तत्कालै निकुञ्ज सुरक्षार्थ सुरक्षाकर्मीलाई परिचालन गर्ने व्यवस्थासमेत गरिएको छ । “क्यामेरा जडान हुनुअघि चोरी सिकारमा संलग्नलाई पक्राउ गर्न निकै मुस्किल हुने गरेको थियो”,अधिकृत चौधरीले भन्नुभयो, “चोरी सिकारमा संलग्नलाई पहिचान गर्न गाह्रो थियो, हाल क्यामेरा जडानले चोरी सिकारमा संलग्नको पहिचानसँगै नियन्त्रण गर्नसमेत सहज भएको छ ।”

निकुञ्जबाट हुने काठ तस्करीको कार्यसमेत शून्यमा झरेको उहाँले बताउनुभयो । भारतसँग सीमा जोडिएको टारटरगञ्जको भारतीय बङ्गाली बस्ती चुनौतीका रुपमा रहेको निकुञ्जका कर्मचारीको भनाइ छ । केही चोरी सिकारका कार्य त्यस क्षेत्रमा हुने गरेका भए पनि भारतीय वन सुरक्षाकर्मीसँगको समन्वयमा निगरानी बढाउने कार्य हुँदै आएको छ ।

जासुसी क्यामेरा जडानले चालू आवको हालसम्म एउटा पनि चोरी सिकारका मुद्दा परेको छैन । निकुञ्जको सिमाना पूर्वमा स्याली नदी, पश्चिममा महाकाली नदी, उत्तरमा चुरे पर्वत र दक्षिणमा भारतीय क्षेत्र पर्दछ । तीमध्ये पूर्व, पश्चिम र चुरे पर्वत नजिकको क्षेत्र चोरी सिकारका लागि संवेदनशील क्षेत्रका रुपमा रहेका छन् । यी क्षेत्रबाट निकुञ्ज छिर्ने ठाउँमा निगरानी बढाइने गरिएको छ । 

निकुञ्जमा ५३ बढी प्रजातिका स्तनधारी, १२ प्रजातिका घस्रने प्रजाति, २० प्रजातिका उभयचर, २५ प्रजातिका माछा, ३५ प्रजातिका पुतली र ४२४ प्रजातिका चरा पाइने गरेका छन् । निकुञ्ज ३०५ वर्ग किलोमिटरमा फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी