३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा चार लाखभन्दा बढी बिरुवा रोपियो

९ श्रावण २०७६, बिहीबार ०७:०८

साउन ९, दाङ  | दाङमा यो वर्ष साढे चार लाख बिरुवा रोपिएको छ । डिभिजन वन कार्यालयले जिल्लाका  तुलसीपुर,  घोराही , लमही भालुवाङ र गढवाका विभिन्न स्थानमा पछिल्लो तीन महिनाको अवधिमा चार लाख बिरुवा रोपेको हो । 

डिभिजन वन कार्यालय दाङका वन अधिकृत दीपक ज्ञवालीका अनुसार ती बिरुवामध्ये केही  व्यक्तिले आ–आफ्ना निजी जग्गामा रोपेका छन् भने धेरै बिरुवा अभियानकै रुपमा सार्वजनिक स्थल तथा बगर क्षेत्रमा रोपिएका हुन् । 

त्यसैगरी स्थानीय सामुदायिक वन समूहसँग समन्वय गरेर स्थानीय सरकारका प्रतिनिधि, सुरक्षा निकाय, नागरिकहरुको सहभागितामा वृक्षरोपण गरिएको पनि वन अधिकृत दीपक ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष ६० बिघा क्षेत्रफलमा बिरुवा रोपिएको छ जसमा तुलसीपुर क्षेत्रमा बीस बिघा, घोराहीमा ३० बिघामा वृक्षरोपण गरिएको हो । अन्य लमही क्षेत्रको जमिनमा रोपिएको छ ।

त्यसैगरी सडक, किनारा, मठमन्दिर लगायतका सार्वजनिक क्षेत्रमा पनि बिरुवा रोपिएको छ । वृक्षरोपण गरिएका खुल्ला ठाउँहरुमा बिरुवा जोगाउन चुनौतीसमेत रहेको छ । कार्यालयले ती ठाउँहरुमा तारबार गर्ने बिरुवालाई  जाली लगाउने जनाएको छ ।

वन डिभिजन कार्यालयले अमला, बकाइनो, खयर सिसौ, मसला, टिक, टटेलो, आँप र बाँसका बिरुवा १० लाखभन्दा बढी उत्पादन गरी किसानहरुलाई निःशुल्क प्रदान गर्दै आएको छ । बिरुवा आवश्यक परे सम्बन्धित स्थानमा रहेका वन डिभिजन कार्यालयमा सम्पर्क राख्नसमेत अनुरोध गरेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ