२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुनसरीमा अवैध रुपमा सिसी क्यामरा जडान

२०७६, ९ श्रावण बिहीबार ०७:१९

साउन ९, सुनसरी  | सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको विभिन्न स्थानमा गैरकानूनी रुपमा सिसी क्यामरा जडान गरेको पाइएको छ । सदरमुकाम इनरुवा, धरान, इटहरी लगायतका क्षेत्रमा रहेको विभिन्न पसल तथा सरकारी र गैरसरकारी संस्थाहरुमा गैरकानूनी रुपमा सिसी क्यामरा जडान गरेको पाइएको हो ।

सुन पसल, कस्मेटिक पसल, प्राइभेट बैंकहरुले गैरकानूनी रुपमा सिसी क्यामरा जडान गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीको तथ्याङ्कले देखाएको छ । इनरुवा–१ मा रहेको अलख निरञ्जन ज्वेलर्स, महालक्ष्मी ज्वेलर्स, झरना सोनी ज्वेलर्स, एस के स्टोर, एभरेस्ट स्टोर, एनआइसी एसिया बैंकलगायतका दर्जनौँ कपडा पसल, सुन पसल, कस्मेटिक पसल, वित्तीय संस्थाहरुमा सिसी क्यामरा जडान गरेको भए पनि जिल्ला प्रशासन कार्यालय सुनसरीबाट अनुमति नलिइ सिसी क्यामरा जडान गरेको  प्रशासन कार्यालय सुनसरीका नायब सुब्बा मणिराज पोखरेलले बताउनुभयो । 

सिसी क्यामरा जडान गर्नका लागि गृह मन्त्रालयको निर्देशिकाअनुसार कि त प्रशासन कार्यालयलाई जानकारी दिनुप¥यो, कि त अनुमति लिनुपर्ने भन्ने कानूनी प्रावधान भएको भए पनि जिल्ला प्रशासन सुनसरीबाट न त अनुमति नै लिएको, न त जानकारी नै गराई सिसी क्यामरा जडान गरेको प्रशासन कार्यालयका नायव सुब्बा पोखरेलको भनाइ छ ।

सुनसरीमा सिद्धार्थ बैंक धरान, नेपाल बैंक बराहाक्षेत्र, विजयपुर हस्पिटल धरान, सानिमा बंैक इनरुवा, जनता बैंक इनरुवा, किसान कल्याण बचत तथा ऋण सहकारी संस्था इटहरी शिभिल बैंक इटहरी, सनराइज बैंक झुम्का, नेपाल बंैक झुम्का, नेपाल बैंक इटहरी, सिद्धार्थ बंैकले जिल्ला प्रशासन कार्यालय सुनसरीबाट अनुमति लिएर सिसी क्यामरा जडान गरेको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

 बैंक तथा अस्पतालहरुले अनुमति लिएर सिसी क्यामरा जडान गरेको भए पनि इनरुवा, इटहरी र धरानमा योबाहेक दर्जनाँै पसल तथा वित्तीय संस्थाहरुले गैरकानूनी रुपमा सिसी क्यामरा जडान गरेका छन् ।

सिसी क्यामरा जडान तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७२ अनुसार सिसी क्यामरा जडान गर्ने उद्योग, पसल, वित्तीय सस्ंथाले सिसी क्यामरा जडान गरेको १५ दिनभित्रमा इलाका प्रहरी कार्यालय-जिल्ला प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयलाई जानकारी वा अनुमति लिनुपर्ने व्यवस्था छ । 

सिसी क्यामरा जडान गर्नका लागि प्रयोजन खुलेको निवेदन पत्र, व्यक्तिको नागरिकताको प्रतिलिपि-परिचय खुल्ने अन्य कागजातहरु, घरको नक्साको प्रतिलिपि, जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि, गाउँपालिका-नगरपालिकाको सिफारिस र सिसी क्यामरा निगरानीका लागि सम्बन्धित पक्षबाट खटिने व्यक्तिको विवरण आवश्यक पर्दछ । तर यी कुनै कागजात पेश नगरीकन वा जानकारी नै नगराईकन सदरमुकाम इनरुवा, इटहरी र धरानमा दर्जनौँ पसलहरुले सिसी क्यामरा जडान गरेको पाइएको प्रशासन कार्यालयका नायब सुब्बा पोखरेलले बताउनुभयो ।

सुरक्षाको हिसाबले सिसी क्यामरा जडान गर्नु राम्रो पक्ष भए पनि पर्याप्त ज्ञानको अभावका कारणले पनि पसल, विभिन्न सरकारी कार्यालय, वित्तीय संस्थाहरुले जानकारी बेगर सिसी क्यामरा जडान गरेको हुनसक्ने सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते