२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १३ पुग्यो

२०७६, ९ श्रावण बिहीबार १०:२०

साउन ९, गुल्मी  | गुल्मीको सत्यवती गाउँपालिकामा पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ । पहिरो पन्छाउने क्रममा आज बिहान वडा नं ४ लिम्घाको भिरकुनाका आठ वर्षीया तारा विकको शव फेला परेपछि ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपक बस्नेतले जानकारी दिनुभयो । 

पहिरोमा बेपत्ता लुम्पेक, सिङ्दीकी ४० वर्षीया माया विक र उनका छोरा १५ वर्षीय बबी विक तथा लिम्घा भिरकुनाका छ वर्षीय सुमन विकको शव बुधबार फेला परेको थियो । लिम्घामा मङ्गलबार निर्मला विक, पम्फा विक, अञ्जली विक, हिमान्सु विक, छली विक र सिवानी विक तथा ठूलोलुम्पेकमा तिलकुमारी तरामुमगर र उनका छोरा दर्शन तरामुमगर तथा दुर्गाबहादुर सिञ्जालीको शव फेला परेको थियो ।

पहिरोमा पुरिएर घाइते भएका ठूलो लुम्पेकका करिष्मा तरामु र धनी तरामुलाई दुई दिनपछि उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ । उनीहरुको टाउकामा चोट लागेकाले थप उपचारका लागि काठमाडौँ पठाउनु परेको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभयो । पहिरोका कारण घरबारविहीन भएकालाई सामुदायिक विद्यालयमा राखिएको उहाँले बताउनुभयो । “झण्डै साढे ३०० घर प्रभावित छन् । एक गाउँबाट अर्को गाउँमा जाने अवस्था छैन”,उहाँले भन्नुभयो ।

 वडा नं ३ सिङ्दी गाउँ नै जोखिममा परेपछि गाउँलेलाई श्री राम माविमा राखिएको छ । उनीहरुलाई विद्यालयमा खाने बस्ने व्यवस्था मिलाइएको शिक्षक लक्ष्मी पाण्डले जानकारी दिनुभयो । सत्यवती गाउँपालिका वडा नं १ का ४ घरमा पहिरोले क्षति पु¥याएको उहाँले बताउनुभयो । 

पहिरो प्रभावित क्षेत्रमा सडक अवरुद्ध भएका कारण बुधबार साँझ हेलिकप्टरमार्फत २० क्विन्टल चामल, दुई क्विन्टल दाल र एक क्विन्टल चिउरा ठूलो लुम्पेकमा पु¥याइएको छ । पहिरो प्रभावित क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालित छन् । कच्ची सडक भएका कारण राहतका सामग्री पु¥याउन कठिनाइ भएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित