२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीमा बाढीले बगाएर बेपत्ता भएका युवक अझै फेला परेन

२०७६, ९ श्रावण बिहीबार ११:०२

साउन ९, सप्तरी | दुई दिनको अविरल वर्षाका कारण सप्तरीको खाँडो खोलामा आएको बाढीले बगाएर बेपत्ता पारिएको एक युवक अझै फेला परको छैन । 

सप्तरीको रुपनी गाउँपालिका–११ का मोहम्द सलामतका ३४ वर्षीय छोरा मोहम्द नसिर मियाँलाई खाँडो खोलाले बुधबार बगाएको थियो । बाढीले बगाएर खोलामा ल्याएको दाउरा निकाल्न खोज्दा पानीको भेलले मियाँलाई बगाएको थियो ।  

त्यस्तै सोमबार कोशी पलारमा भैँसी चराउन गएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ का ५५ वर्षीय बालेश्वर मुखिया पनि बेपत्ता भएका छन् । जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ स्थित सप्तकोशी नदी पार गर्ने क्रममा उनी बेपत्ता भएका हुन् । बेपत्ता भएका मुखिया पनि हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो ।  

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले बेपत्ता दुबै जनाको खोजी कार्यलाई तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते