३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङका चार स्थानीय तहमा सुरक्षित आप्रवासन परियोजना

१० श्रावण २०७६, शुक्रबार ०९:०२

साउन १०, दाङ | दाङका चार स्थानीय तहमा सुरक्षित आप्रवासन परियोजना शुरु भएको छ । रोजगारको नाममा विदेश जानेको सङ्ख्यालाई न्यूनीकरण गर्नका लागि यो परियोजना शुरु भएको हो । 

विदेश जानुपर्ने अवस्था सिर्जना भएमा त्यसलाई सुरक्षित बनाउनका लागि यो कार्यक्रम लागू भएको परियोजनाका कार्यक्रम संयोजक सनत सापकोटाले जानकारी दिनुभयो । “हामी सकेसम्म विदेश पलायनलाई निरुत्साहित गर्छौैं”,उहाँले भन्नुभयो, “यदि जाने नै भए त्यसलाई सुरक्षित बनाउने प्रयास गर्छौं ।”उहाँका अनुसार दाङको तुलसीपुर र घोराही उपमहानगरपालिकाको साथै लमही नगरपालिका र बबई गाउँपालिकामा उक्त कार्यक्रम लागू हुने भएको छ ।  

स्विस सरकारको सहयोगमा नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हेल्विटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन सामी परियोजनामार्फत उक्त कार्यक्रम लागू भएको हो । दाङ प्रदेश नं ५ का १२ जिल्लामध्ये दाङ दोस्रो नम्बरमा रहेको भन्दै यसलाई न्यूनीकरण गर्न परियोजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँको भनाइ थियो ।  

साविक जिल्ला विकास समितिमार्फत कार्यक्रम सञ्चालन भएको सामी परियोजना अब चार पालिकासँग जोडिएको हो । परियोजना सञ्चालनका लागि घोराहीमा रु ४२ लाख ५० हजार, तुलसीपुरमा रु १७ लाख ७५ हजार, लमही र बबईमा ११ लाख ६१ हजारका दरले बजेट आएको छ ।

जिल्ला प्रशासन र इलाका प्रशासनबाट निकै धेरै राहदानीहरु बन्ने गरेको तर श्रम स्विकृति लिएर जानेको सङ्ख्या थोरै देखिएको भन्दै लुकीचोरी विदेश जाने क्रमलाई रोक्न, सीप र ज्ञान लिएर मात्रै विदेश जानेलाई परामर्श दिन र सकेसम्म आफ्नै ठाउँमा काम गरेर खाने वातावरण बनाउने गरी गरी कार्यक्रम लागू हुने भएको छ । कार्यक्रममा यसअघि सामी परियोजनाले घोराही आप्रवासी स्रोत केन्द्रबाट रु तीन करोड ४२ लाख पीडकहरुबाट क्षतिपूर्ति भराएर न्याय दिएको थियो भने १५ हजारलाई परामर्श दिएको परियोजनाका पञ्चराम चौधरीले जानकारी दिनुभयो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ