३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङको राजपुरमा पनि सिकलसेल एनिमियाँ जाँच हुने

१० श्रावण २०७६, शुक्रबार ११:०४

साउन १०, दाङ  | दाङको विकट क्षेत्र राजपुर गाउँपालिकामा पनि सिकलसेल एनिमियाँको जाँच हुने भएको छ । सिकलसेल ऐनिमियाँ जाँचका लागि सिपी नेपाल संस्थाले राजपुर गाउँपालिकाका बेला र राजपुर स्वास्थ्य चौकीलाई दुई लाखभन्दा बढी मूल्य बराबरका प्रयोगशाला सामग्री उपलब्ध गराएको छ । 

सोही प्रयोगशालाका सामग्रीबाट अब राजपुरमा पनि सिकलसेल एनिमियाँको प्रारम्भिक जाँच गरिने गाउँपालिका उपाध्यक्ष धनपतिदेवी यादवले जानकारी दिनुभयो । ती सामग्रीलाई सिपी नेपालका पदाधिकारीले गाउँपालिका उपाध्यक्ष यादवलाई हस्तान्तरण गरेका हुन् । “यसअघि गाउँपालिकामा सिकलसेल एनिमियाँको जाँच गर्ने प्रयोगशालाका सामग्री थिएनन्”, उहाँले भन्नुभयो, “अब भने सामग्री पनि आएका छन्, ती सामग्री प्रयोग गरेर सिकलसेल जाँच हुनेछ ।” 

उहाँका अनुसार राजपुर स्वास्थ्य चौकीमा दुई लाख ४० हजार बराबरका प्रयोगशाला सामग्री स्वास्थ्य प्रमुख खिमबहादुर रावतलाई हस्तान्तरण गरिएको छ भने बेला स्वास्थ्य चौकीलाई नौ हजार ५०० बराबरका सामग्री बेलाका प्रमुख सचिन्द्रकुमार यादवलाई हस्तान्तरण गरिएको छ । 

यसअघि सिकलसेल एनिमियाको प्रारम्भिक जाँच गर्न नेपालगञ्ज वा काठमाडौँ नै जानुपर्ने अवस्था थियो । यी दुवै स्वास्थ्य चौकीलाई माग फारमका आधारमा उपकरण दिने भनिए पनि यो पटक आर्थिक अभावका कारण राजपुर स्वास्थ्य चौकीलाई माग फारमअनुसार उपकरण उपलब्ध गराइएको र बेला स्वास्थ्य चौकीलाई अर्कोपटक उपलब्ध गराइने सिपी नेपाल विद्यार्थीका संयोजक दीपा चौधरीले जानकारी दिनुभयो । 

राजपुर गाउँपालिका पनि थारुको बाहुल्य भएको क्षेत्र हो । सिकलसेल एनिमियाँ थारु समुदायका नागरिकमा बढी देखिएको छ । तर सिकलसेल एनिमियाँको प्रारम्भिक जाँच गर्ने सहज वातावरण नहुँदा सबै नागरिकको जाँच गर्न सकिएको थिएन् । 

त्यसैले दाङका सबै थारु समुदायका नागरिकलाई सिकलसेल एनिमियाँ जाँच गर्ने पहुँचमा ल्याउनुपर्ने आवाज उठिरहेका छन् । दाङमा थारुको कूल सङ्ख्याको १५ प्रतिशतमा सिकलसेल देखिएको यसअघिका अध्ययनले देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ