२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्णाली सरकार इञ्जिनीयरिङ कम्पनी स्थापना गर्दै

२०७६, १० श्रावण शुक्रबार ११:१७

साउन १ओ, सुर्खेत  | कर्णाली प्रदेश सरकारले प्रदेश सरकार स्वामित्वको इञ्जिनीयरिङ कम्पनी स्थापना गर्ने भएको छ । साउन ९ गते कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै इञ्जिनीयरिङ कम्पनी स्थापना गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिनुभयो । 

“समायोजनपछि कर्णाली प्रदेशमा जनशक्ति अभाव छ”,प्रवक्ता केसीले भन्नुभयो, “अभाव भएको जनशक्ति पूरा गर्न र पूर्वाधार विकास निर्माणमा सहजता ल्याउन यसले सहयोग पु¥याउनेछ ।”कर्णाली प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारीले यस कम्पनीको चुक्ता पूँजी रु एक अर्बको हुने बताउँदै तत्काल संस्थापकले चुक्ता गरेको पूँजी रु ५० करोड हुने बताउनुभयो । 

“यो कम्पनी ऐनमा व्यवस्थाअनुसार दर्ता भएर सरकार, निजी क्षेत्र र विज्ञ सम्मिलितको नौ जना सञ्चालक समिति हुनेछ”, प्रमुख सचिव भण्डारीले भन्नुभयो, “प्रथम साधारणसभा नभएसम्मका लागि सात सदस्यीय तदर्थ सञ्चालक समिति गठन गरिनेछ ।” 

मन्त्रिपरिषद्को प्रशासन हेर्ने सचिवको अध्यक्षताका सबै मन्त्रालयको कम्पनीको विषयगत क्षेत्र हेर्न सबै मन्त्रालयको उपसचिव यसको सदस्य रहनेगरी दर्ता तयारीमा रहेको र एक साताभित्र यो कम्पन्न रजिष्टारको कार्यालयमा दर्ता गराइने उहाँको भनाइ थियो । उहाँका अनुसार यसको प्रबन्धपत्र र नियमावली तयार गरी मन्त्रिपरिषद्बाट निर्णय भइसकेकाले चाँडै कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ताका लागि प्रक्रिया अघि बढाइनेछ ।

इञ्जिनीयरिङ डिजाइनका काम अगाडि बढाउने उद्देश्यले स्थापना हुने यस कम्पनीको आफ्नै संरचना, स्थायी कर्मचारी, विनियमावली हुने जनाउँदै उहाँले यसको स्थायी कर्मचारी भर्ना नभएसम्म बजारबाट सेवा करारमा लिइने बताउनुभयो । उहाँका अनुसार कम्पनीको केन्द्रीय कार्यालय सुर्खेत इत्राममा रहनेछ । 

विपद्पीडितको राहत उद्धारमा सरकार केन्द्रित

कर्णाली प्रदेशका जनतालाई बाढीपहिरोले पु¥याएको असरको सम्बोधन गर्न सरकार केन्द्रित भएर लागेको सरकारका प्रवक्ता केसीले बताउनुभएको छ । सरकारले बिहीबार मन्त्रिपरिषद्को बैठक बसेर तत्काल बाढीपीडितको पक्षको समस्या समाधान गर्ने निर्णय गरेको थियो ।  

एक साताअघि कर्णाली विपद् व्यवस्थापन परिषद्ले डोल्पा मुड्केचुला गाउँपालिकालगायत कर्णाली प्रदेशभरि बाढीपहिरोमा ज्यान गुमाउनेका परिवारलाई रु एक लाख र घर बगाएकालाई रु तीन लाख दिन गरिएको निर्णयलाई बिहीबारको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको उहाँले बताउनुभयो । 

मन्त्रिपरिषद् बैठकले अधिकृत एघारौँ तहको प्रमुख स्वास्थ्य शिक्षा प्रशासक डा राधिका थपलियालाई स्वास्थ्य तालीम केन्द्रमा पदस्थापन गर्ने निर्णय गरेको जनाइएको छ । बिहीबारकै मन्त्रिपरिषद्को निर्णयले जाजरकोट जिल्लाको छेडागाड नगरपालिकाको प्रशासन केन्द्र परिवर्तनसम्बन्धी विषय मन्त्रिपरिषद् राजनीतिक समितिमा छलफल गरी मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते