२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपुरको गैँडाकोटका एक वडाध्यक्षले बर्षभरीको तलब सामाजिक कार्यमा दिए

२०७६, ११ श्रावण शनिबार ०५:१७

साउन ११, नवलपरासी | नवलपरासीपूर्व नवलपुरको गैँडाकोट नगरपालिकाका एक वडाध्यक्षले आफ्नो तलब सामाजिक क्षेत्रमा सहयोग गर्नुभएको छ । गैँडाकोट नगरपालिका–१६ का वडाध्यक्ष गोवद्र्धन ज्ञवालीले आफूले एक वर्षमा तलबबापत प्राप्त गरेको रु एक लाख २० हजार विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्नुभएको हो । 

वडाध्यक्ष ज्ञवालीले गैँडाकोट–१७ स्थित अमर ज्योति माविलाई रु ४५ हजार बराबरको एक थान कम्प्युटर उपलब्ध गराउनुभएको छ । उहाँले अमरापुरी स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापनाका लागि रु ४० हजार सहयोग गर्नुभएको छ । सो बर्थिङ सेन्टरको आमा समूहकी अध्यक्ष लक्ष्मी सापकोटालाई उक्त रकम हस्तान्तरण गरिएको हो । 

जनताको करबाट सङ्कलन गरेको रकम जनताकै लागि खर्च गरेको ज्ञवालीले बताउनुभयो । गत वर्षको तलबसमेत आफूले विभिन्न सामाजिक कार्यमा नै खर्च गरेको उहाँले बताउनुभयो । आगामी दिनमा समेत आफूले प्राप्त गर्ने आफ्नो तलब सामाजिक कार्यमा खर्च गर्ने ज्ञवालीको भनाइ छ ।  रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते