२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

महिनावारीको समयमा धारामा नुहाउछन् भनेर यस्तो जुक्ति…

११ श्रावण २०७६, शनिबार ०५:५२

दान बहादुर बुढा | साउन ११, मुगु | सुन्दा अचम्म लाग्न सक्छ कि मुगु जिल्ला छायानाथ रारा नगरपालिका अन्तरगर्त रहेको एक गाँउका मानिसहरुले छोरी-बुहारी र महिलाहरु (महिनावारी) छाउ भएको समयमा धारामा नुहाउछन् भनेर धारामा मन्दीर निर्माण गरेका छन् । 

छायानाथ रारा नगरपालिका वडा नम्बर ६ बालै गाँउका स्थानिय बासीहरुले १ सय २० भन्दा बढी घर घुरी रहेको बस्तीमा पुर्खादेखी चल्दै आएको खानेपानी धारामा महिलाहरु महिनावारि भएको समय धारामा ननुहाउन भनेर त्यसको रोकथामको लागि धारामा मन्दिर बनाईदिएका छन् । 

महिनावारी भएकाहरुले पहिले त्यहि धाराको प्रयोग गर्ने गरेको भएपनि त्यहाँ घण्ट, ध्वजा, त्रिशुल राखेर मन्दिर बनेपछि धारामा छाउ भएको १ हप्ता पछि मात्र जाने गर्न थालेका छन् भने धारामा घरको भान्साको जुठो भाडाकुडा पनि धुन लान छाडेका छन् । मन्दिर अघि भाडा धोए वा छाउ भएकाहरुले धारा प्रयोग गरे गाउँमा अशुभ हुने, भोकमरी लाग्ने विश्वास छ । 


छाउ भएको समयमा धारामा नुहाउन गएपछि महिला बिरामी हुने, अशुभ हुने, धाराबाट बगेको पनि भुत बस्ने ठाँउमा जान्छ, पेट दुख्ने, भान्सामा पकाएको सबै भात भुतले खाने जस्ता पुरातनवादी विश्वासको कारण कोहि पनि महिलाहरु छाउ भएको बेला धारामा नुहाउन जाने गरेका छैनन् । 

यता छायानाथ रारा नगरपालिकाको उपप्रमुख सुन्तला रोकायाले छाउ महिलालाई धारामा रोक्ने उद्देश्यले मन्दिर बनेको प्रति आक्रोशित भइन् उनले सृष्ठी सन्चालन गर्नको लागी महिलाको उत्पति भएको भन्दै छाउ हुनु महिलालाई प्रकृतिले दिएको नियम भएको बताइन् । उनले धारामा ननुहाँए कहाँ नुहाउने भन्दै यस्तो दमन महिला माथि भएको भए एकपटक अनुगमन गरेर समस्यालाई समाधान गर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले सरस्वाति, देवी, माई पनि महिलानै भंएको भन्दै  यीउनीहरुलाई सम्मान गर्ने तर महिलालाई छाउ भएको समयमा बिभेद हुनुले सबैभन्दा पनि स्थानिय बासिहरुको आत्म बिशुवास परिवतन हुनु पर्ने र महिला माथिए भएको बिभेद मार्थि लडिरहने नगर उपप्रमुख रोकायाले बताएकी छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य